२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा थप एक सङ्क्रमितको मृत्यु

१९ आश्विन २०७७, सोमबार ०८:१६

असोज १९, झापा । झापाको विर्तामोड नगरपालिका–५ मा कोरोना सङ्क्रमणका कारण एक वृद्धको मृत्यु भएको छ । बयासी वर्षीय वृद्धको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको विर्तामोड स्वास्थ्य शाखाका कोभिड–१९ रोकथाम तथा नियन्त्रण संयोजक ओम खड्काले बताउनुभयो ।

दमका रोगी उहाँलाई चार दिनअघि स्वास्थ्यमा समस्या आएपछि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँका अनुसार अस्पतालले वृद्धलाई त्यहाँ उपचार सम्भव नहुने भन्दै नोबेल अस्पताल पठाएको थियो । उपचाररत वृद्धको शनिबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गरिएको थियो । 

आइतबार बिहान ९ बजे उहाँको रिर्पोट पोजिटभ आएको र बेलुका ५ बजे मृत्यु भएको संयोजक खड्काले जानकारी दिनुभयो । झापामा उहाँसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ९३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागार्इंले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य