२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयका १४ जना कोरोना संक्रमित, सेवा प्रभावित

२०७७, २७ आश्विन मंगलवार ०४:३७

असोज २७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका १४ जनामा कोरोना संक्रमण देखिएको छ । उक्त मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशकलाई कोरोना संक्रमण पुष्टि भएपछि  मन्त्रालयमा कार्यरत सबै कर्मचारीको गरिएको स्वाब परीक्षणमा १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक, रोजगार समन्वय महाशाखाका सहसचिव, प्रशासन शाखाका उपसचिव, मन्त्रीको निजी सचिवालयका एक जना सदस्य, सचिव तोयम रायका सवारी चालक र केही कार्यालय सहयोगीहरु रहेका छन् । 

यसअघिनै कोरोना भाइरस संक्रमणका मन्त्रालय मातहतका मुख्य कार्यालयहरु श्रम कार्यालय ताहाचल र बैदेशिक रोजगार वोर्डको कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थियो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिन श्रम कार्यालय ताहाचल बन्दनै भएको थियो । अहिले उक्त कार्यालयले स्वास्थ्य मापदण्ड सहित सावधानीका साथ सेवा प्रवाह गरिरहेको छ ।

त्यस्तै वैदेशिक रोजगार बोर्डको सेवा पनि कोरोना संक्रमणका कारण प्रभावित अवस्थामा छ । बोर्डले गत १८ गते एक सूचना जारी गर्दै बन्द छ । जसको कारण वैदेशिक रोजगार वोर्डबाट दिइने सेवाहरु प्रभावित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा