४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रम मन्त्रालयका १४ जना कोरोना संक्रमित, सेवा प्रभावित

२७ आश्विन २०७७, मंगलवार ०४:३७

असोज २७, काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका १४ जनामा कोरोना संक्रमण देखिएको छ । उक्त मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशकलाई कोरोना संक्रमण पुष्टि भएपछि  मन्त्रालयमा कार्यरत सबै कर्मचारीको गरिएको स्वाब परीक्षणमा १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक, रोजगार समन्वय महाशाखाका सहसचिव, प्रशासन शाखाका उपसचिव, मन्त्रीको निजी सचिवालयका एक जना सदस्य, सचिव तोयम रायका सवारी चालक र केही कार्यालय सहयोगीहरु रहेका छन् । 

यसअघिनै कोरोना भाइरस संक्रमणका मन्त्रालय मातहतका मुख्य कार्यालयहरु श्रम कार्यालय ताहाचल र बैदेशिक रोजगार वोर्डको कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको थियो । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि केही दिन श्रम कार्यालय ताहाचल बन्दनै भएको थियो । अहिले उक्त कार्यालयले स्वास्थ्य मापदण्ड सहित सावधानीका साथ सेवा प्रवाह गरिरहेको छ ।

त्यस्तै वैदेशिक रोजगार बोर्डको सेवा पनि कोरोना संक्रमणका कारण प्रभावित अवस्थामा छ । बोर्डले गत १८ गते एक सूचना जारी गर्दै बन्द छ । जसको कारण वैदेशिक रोजगार वोर्डबाट दिइने सेवाहरु प्रभावित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ