साउन १६, भद्रपुर । सचेत नाग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन १६, भद्रपुर । सचेत नाग"/>
२०८२, ५ चैत्र बिहीबार
झापा - JP

सचेत नागरिक युवा समूह झापाद्वारा स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै १० बुदे माग

२०७३, १६ श्रावण आईतवार १३:५२

साउन १६, भद्रपुर । सचेत नागरिक युवा समूह झापाले स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै विभिन्न १० बुदे माग अघि सारेको छ ।

 समूहको तर्फबाट  अध्यक्ष लक्ष्मण बसनेतले आज (आइतबार) विज्ञप्ति जारी गरी नागरिक अधिकारका लागि उठाइउका आफ्ना माग पूरा नभए सडकमा उत्रिएर सशक्त खबरदारी गर्ने चेतावनी दिएका छन् ।

अझै पनि मेची अञ्चल अस्पताल भद्रपुर, कोशी अञ्चल अस्पताल विराटनगर, घोपा धरान, आम्दा अस्पताल दमक, शहीद गंगालाल अस्पताल काठमाडौं लगायतका सरकारी अस्पतालमा कार्यरत चिकित्सक निजी क्लिनिक, अस्पतालमा जाने गरेको सूचना प्राप्त भइरहेको जनाउदै समूहले  कानून विपरीतको त्यस्तो कार्य तत्काल बन्द गर्न माग गरेको छ ।  साथै नागरिकको सेवामा समर्पित हुन सबै सरकारी चिकित्सकलाई सो समूहले  अनुरोध गरेको छ ।

त्यस्तै फार्मेसी, औषधि पसलहरुमा तालिम नलिएका तथा प्रमाणपत्र नभएका व्यक्तिहरु बसेर औषधि विक्री वितरण गरी नागरिकको स्वास्थ्य माथि गम्भीर खेलवाड गरिरहेको पाइएकोले भन्दै समूहले त्यस्ता कार्य तत्काल बन्द गर्न माग गरेको छ । 

हस्पिटल, मेडिकल हल, क्लिनिकमा कार्यरत चिकित्सकहरुले कर छलिरहेको पाइएकोले करको दायरामा आउन र ल्याउन पनि समूहले माग गरेको छ ।

‘कतिपय निजी क्लिनिक र हस्पिटलमा चिकित्सकले लिने सेवा शुल्क, ल्याब तथा अन्य परीक्षणको शुल्क चर्को भएको जनगुनासो आइरहेकाले आम नागरिकले सहज सेवा पाउने अवस्था सृजना गर्नुका साथै शुल्कमा सरल र एकरुपता कायम गर्न माग गर्दछौं’–विज्ञप्तिमा भनिएको छ–‘सामान्य विरामीलाई समेत चिकित्सकले उपचार र विभिन्न परीक्षणका नाममा कमिशनका लागि भारत रेफर गर्ने गरेको पाइएकाले त्यस्तो कार्य तत्काल बन्द गर्न माग गर्दछौं ।’

त्यसैगरी कतिपय संस्थाको नाममा भन्सार छुटमा सञ्चालित एम्बुलेन्सका  चालकले भारतका हस्पिटलमा सामान खरिद विक्री झैं कमिशनका लागि विरामी पु¥याउने गरेको पाइएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न समूहले माग  गरेको छ  । 

समूहले  उठाएका विषय र अभियानलाई प्रभावित पार्न केही सञ्चार माध्यममा सचेत नागरिक युवा समूहलाई लाञ्चित गर्ने गरी प्रकाशित सामग्री भ्रामक र पूर्वाग्रही भन्दै संस्थाले  आपत्ति प्रकट गरेको छ । ‘हामीलाई लाञ्छित गर्ने सञ्चारकर्मीको शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको भन्ने विषय सार्वजनिक भइसकेकोले त्यसको उचित छानविन गरी कार्वाही गर्न प्रेस काउन्सिल, पत्रकार महासंघ तथा प्रशासन समक्ष माग गर्दछौं’–विज्ञप्तिमा अगाडि उल्लेख छ–‘साथै हाम्रो सकारात्मक अभियानमा सहयोग गर्न अनुरोध गर्दै अहिलेसम्मको सहयोगको लागि सबै सञ्चारकर्मी मित्रहरुमा धन्यवाद ज्ञापन गर्दछौं ।’

आफूहरुले उठाएका  विषय र क्षेत्रबारे प्रभावकारी अनुगमन गरी दोषीलाई कडा कार्वाह ी गर्न को माग गर्दै सो समूहले माग उपर सुनुवाई नभए सशक्त खबरदारीका लागि सडकमा उत्रने जनाएको छ । 

समूहले विकृति अन्त्यका लागि सबै सञ्चारकर्मी, सञ्चारगृह, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल, प्रशासन–प्रहरी सबैमा अनुरोध समेत गरेको छ । 

स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै गुणस्तरीय र सहज रुपमा आम नागरिकको स्वास्थ्य उपचार पाउने अधिकार ग्यारेन्टीका लागि सचेत नागरिक युवा समूहले सशक्त अभियान सञ्चालन गरिरहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ । ‘स्वास्थ्य क्षेत्रमा अझै पनि धेरै विकृति रहेका छन्’– विज्ञप्तिमा भनिएको छ–‘हामी सचेत नागरिकको हैसियतले स्वास्थ्य तथा अन्य क्षेत्रका त्यस्ता विकृति उजागर गर्नुका साथै राज्यका नियमनकारी निकायको ध्यानाकर्षण गराएर जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउने कार्यमा निरन्तर लागी रहने छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते