२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिग्रिए सिसी क्यामरा : थपिए सुरक्षा चुनौती

२ पुष २०७७, बिहीबार ०७:१८

चन्द्रकला भण्डारी। पुस २, झापा। मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् । पूर्वी नाका काँकडभिट्टासमेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका हुन् । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका ठाउँमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास अहिलेसम्म हुनसकेको छैन । 

काँकडभिट्टा क्षेत्रमा दुई वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ सिसी क्यामेरा जडान गरिएको थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । 

‘हङकङ मार्केट’का रुपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । दुई वर्षअघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयवासीको स्वेच्छिक सहयोगमा मुख्यचोकमा चार सिसी क्यामेरा जडान गर्नुभएको थियो । ती क्यामेरा अहिले बिग्रिएका अवस्थामा झुण्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टिभी स्क्रिन मात्र रहेको छ ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रवीन बस्नेतले थोत्रिएका सिसी क्यामेरामर्मत गर्नुभन्दा नयाँ सिसी क्यामेरा जडान गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो । उहाँले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसी क्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताउनुभयो । 

अन्तरराष्ट्रिय नाकाका रुपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सिसी क्यामेराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ ।

सिसी क्यामेराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरुको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । काँकडभिट्टा नाकाबाट सुरक्षा निकायको आँखा छलेर मानव तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ । सिसी क्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक  पर्ने स्रोतको अभावमा मर्मत सम्भार हुन नसकेको हो । अर्कातिर समुदायले स्रोत जुटाएर जडान गरेका ती क्यामेराको सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयले चासो दिएका छैनन् ।  

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामेरा महत्वपूर्ण भएको हुँदा हाल समिति नै बनाएर मेचीनगर–१० को खयरडाँगीदेखि वडा नं ९ को खुट्टेडाँगीचोकसम्म ५० वटा क्यामेरा जडान गर्न रकम सङ्कलन गरिरहेको बताउनुभयो । उहाँले चोकमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुभन्दा राम्रो क्वालिटीको क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ समिति लागिपरेको बताउनुभयो । 

समितिले रु दुई लाख, मेचीनगर नगरपालिकाले रु पाँच लाख, वडा नं १० ले रु तीन लाख र मेची चेम्बर अफ कमर्सले रु ५० हजार क्यामेरा जडानका लागि उपलब्ध गराइसकेका छन् । ‘‘यो नै पर्याप्त बजेट होइन’’, उहाँले भन्नुभयो, ‘‘५० वटा क्यामेरा खरिद र जडानका लागि रु २० लाख खर्च लाग्छ । स्थानीयवासी, व्यापारी र व्यवसायीसँग समन्वय गरेर काम गर्ने सोच छ । हामी सफल हुन्छौं ।’’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक पोखरेलले अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएको हुँदा चोकचोकमा जडानका लागि सबैले तदारुकता देखाउनुपर्ने बताउनुभयो । केही दिनअघि मेचीनगरका उपप्रमुख मीना उप्रेती सवार गाडीमा आक्रमण गर्न खोज्नेलाई सो स्थानमा सिसी क्यामेरा नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।

मेचीनगरका काँकडभिट्टादेखि चारआलीसम्म राजमार्ग क्षेत्रमा र बाहुनडाँगी बजार, भृकुटीलगायत नगरका विभिन्न बजारमा सिसी क्यामेरा आवश्यक रहेको उहाँको भनाइ छ । ‘‘ क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन’’, उहाँले भन्नुभयो,‘‘जडानसँगै मर्मतसम्भारका लागि समेत स्रोत चाहिन्छ । त्यसको समेत जोहो हुनुपर्छ ।’’ रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य