२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

जनताको मन जित्दै झापा गाउँपालिका

२२ पुष २०७७, बुधबार ०५:४३

पुस २१, झापा । झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि जनताको मन जित्ने धेरै कामहरु भएका छन् । दक्षिणपूर्वी भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिकामा जनतालाई अँध्यारोबाट मुक्त बनाउने, उपचारमा सहयोग गर्ने र फुसको छानारहित बनाउने काम भएका छन् ।

तीन वर्षअघिसम्म पालिकाको आधा गाउँ अँध्यारो थियो । सात वडा रहेको पालिकाका दुर्गम र अतिविपन्न समुदाय बसोबास गर्ने स्थानमा बिजुलीको पोलसमेत पुगेको थिएन । ‘जहाँ टोल त्यहाँ पोल र बिजुली’को अभियान चलाएर पालिकालाई अँध्यारोबाट मुक्त बनाइएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । उहाँले एक हजार बिजुलीको पोल पालिकामार्फत नै खरिद गरेर टोलटोलमा बिजुली बत्ती पुर्याएको बताउनुभयो । आन्तरिक आम्दानीको स्रोतसमेत कम रहेको गाउँपालिकाको बजेट सानो रहे पनि उहाँले जनताको आवश्यकताअनुसार गरेको बताउनुभयो ।

पालिकाले दोस्रो महत्वपूर्ण कामका रूपमा ‘फुसको छानो हटाऊ, टिनको लगाऔँ’ अभियान सञ्चालन गरिरहेको छ । उहाँले सहारा नेपालद्वारा सञ्चालित ह्याविटेड फर नेपालसँगको सहकार्यमा २०० भन्ला बढी विपन्नको घर निर्माण गरेर हस्तान्तरण गरेको जानकारी दिनुभयो । दुवै संस्थाको ५०/५० प्रतिशतको लगानीमा थप २५० घर निर्माण भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यही आर्थिक वर्षभित्रमा फुसको छानो मुक्त गाउँ बनाउँछौँ ।”

उहाँले हेर्दा सामान्य लागे पनि जनताको हितमा हुने थप काम गरिहेको जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्रका नेपाली नागरिकता भएको व्यक्तिहरुको मृत्यु भएमा काजकिरिया खर्चस्वरुप प्रत्येक व्यक्तिको परिवारलाई रु आठ हजार नगद प्रदान गरिन्छ । पालिकाका उपप्रमुख कुन्तीदेवी बुढाथोकीका अनुसार नेपाल रेडक्रस सोसाइटीसँग मिलेर पालिकाभित्रका बासिन्दा बिरामी भएर रगत चाहिएमा खर्चको समेत व्यवस्था गरिएको छ । उहाँले जुनसुकै रोगका बिरामीले रगत प्रयोग गरे पनि पालिकामा बिल पेश गरेर भुक्तानी दिने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

अन्य पालिकाको तुलनामा यस पालिकामा बर्सातको समयमा डुबानसँगै बाढीबाट प्रभावित हुनेको सङ्ख्या धेरै छ । ठूलोमाई र सानोमाई दुवै नदीमा बलियो र भरपर्दो तटबन्धन नहुँदा यो पालिका सधैँ डुबानमा पर्दा धेरैभन्दा धेरै विपन्न समुदायका मानिसलाई सर्पले टोक्ने गर्छ । पालिका अध्यक्ष साहले सर्पदंशका बिरामीको सम्पूर्ण खर्च गत वर्षदेखि गाउँपालिका आफैँले गर्दै आएको बताउनुभयो । “उपचार गर्ने पैसा नहुँदा गरिबले त्यसै मर्नुपर्छ”, उहाँले भन्नुभयो, “सबैको उपचारमा पहुँच पुर्याउन गाउँपालिकाले उपचारको शुल्क तिरिदिन शुरु गरेको हो ।” सो क्षेत्रमा सर्पले टोकेमा छिमेकी कनकाई नगरपालिकामा सहारा नेपालद्वारा सञ्चालित सहारा सर्पदंश उपचार केन्द्रमा उपचार गर्न पठाइने गरिएको छ ।  

झापा गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पालिकाकै बजेटमा २० किलोमिटर कालोपत्रसहितको पक्की सडक निर्माण भएको छ । अध्यक्ष साहले सातवटै वडाका विभिन्न स्थानमा गरी २० किलोमिटर कालोपत्रसहितको सडक निर्माण गरेको बताउनुभयो । “सबै टोलटोलमा पक्की सडक पुर्याउने लक्ष्य छ”, उहाँले भन्नुभयो, “आगामी दुई वर्षभित्रमा पुर्याउँछौँ, द्रुतगतिमा काम भइरहेको छ ।” उहाँका अनुसार सबै टोलमा ग्राभेल बाटो पुगिसकेको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य