साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख "/>

२४ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बाढीका कारण मृतकका परिवारलाई राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समिति निर्णय

२० श्रावण २०७३, बिहीबार ०६:४६

साउन २०, भद्रपुर । साउन महिनामा अविरल वर्षाका कारण विभिन्न नदीनालामा आएको बाढीका कारण झापामा ज्यान गुमाएका नौजनाका परिवारलाई जनही रु ४० हजारका दरले राहत दिने जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । 

समितिको अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बुधबार बसेको बैठकले सो निर्णय गर्दै बाढीका कारण झापामा भएका क्षती न्यूनिकरणका प्रयासको समीक्षा पनि गरियो । 

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले झापामा बाढीले १७ गाविस र छ नगरपालिका गरी एक हजार ४५६ घरपरिवारलाई प्रभावित बनाएको जसमा ३१ घरपरिवार पूर्णरुपमा विस्थापित भएको जानकारी दिनुभयो । 

उहाँले बाढीपीडितलाई २५७ थान कम्बल, ५११ थान त्रिपाल, चामल नौ हजार ३०० केजी, दाल एक हजार ३९५ केजी, नुन ४६५ केजी र खानेतेल ९१२ लिटर वितरण गरेको जानकारी दिँदै दोस्रो चरणमा ५११ परिवारलाई राहत बाँड्नुपर्ने जानकारी दिनुभयो । 

यसैगरी, जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ अधिकृत मेघनाथ तिमल्सेनाले झापामा बाढीले ६०० बिगाहा खेत कटान गरेको, एक हजार ७३० बिगाहा खेतलाई डुबानमा पारेको र १३३ बिगाहा खेतमा बालुवाले पुरेको जानकारी दिँदै डुबानमा परेका कृषकलाई पुनः धान रोप्न १० क्विन्टल र ५० केजी धानको बीउ वितरण गरेको जानकारी दिनुभयो । उहाँले रु ४४ लाख लागत बराबरको जलाशय क्षेत्र पोखरी पनि नष्ट भएको पनि जानकारी दिनुभयो । 

कार्यक्रममा चारआलीस्थित नेपाली सेनाका प्रमुख खेमनारायण पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा, भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरे, महिला विकास अधिकृत इन्दिरा ओझा, सशस्त्र प्रहरीका नायब उपरीक्षक प्रेम प्रसाईं लगायतले वर्षा र बाढीका कारण भएको जनधनका क्षति बारेमा जानकारी दिनुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने कञ्चनजङ्घा आधार शिविर सुनसान शङ्खरापुर दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसका सभापति देउवा र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता आचारसंहितामा नयाँ बुँदा थपियो मेरो इमानको सुरुवात देशभक्तिबाट सुरु हुन्छ : केपी शर्मा ओली सञ्चारमन्त्री खरेलद्वारा जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न अनुरोध पेरिसमा १४० उडान रद्द नेप्से १३ दशमलव ३५ अङ्कले घट्यो