२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

भर्खर सकियो देउसी !

२०७२, २२ मंसिर मंगलवार १०:०३

5444444मंसिर २२,
कनकाई (सास) ।
कनकाई विहानी क्लब, कनकाई–१, झापाले आयोजना गरिएको देउसी भैलोको समापन भएको छ ।
समापन कार्यक्रमका बीच आयव्यय पनि सार्वजनिक गरियो ।

साथै, देउसी
भैलो सम्पन्न गर्न सहयोग गर्न गठित विभिन्न उपसमितिका ३५ जना बालबालिकाहरुलाई प्रशंसा पत्र तथा मायाको
चिनो दिएर सम्मान गरियो ।

“हाम्रो अभियान, आफ्नो क्षेत्र विकास
तथा राष्ट्रको समृद्धि र स्वाभिमान” भन्ने नारासहित शुरु भएको यस क्लब स्थापनाको छोटो समयमै आयोजित
देउसी भैलो कार्यक्रमबाट १ लाख ६८ हजार १ सय ४७ हजार रुपैयाँ सङ्कलन गरिएको सचिव देवीप्रसाद न्यौपानेले
जानकारी दिए ।

कार्यक्रममा बोल्दै अध्यक्ष मनोज बस्नेतले सङ्कलित
रकम सामाजिक कार्यमा खर्च गरिने बताए । समाज परिवर्तनका लागि समुदायसँग सहकार्य गर्दै अगाडी बढिने समेत
उनले बताए ।

यसै बीच, सूर्योदय युवा क्लब, कनकाई नगरपालिका १,
झापाले आयोजना गरेको देउसी भैलो कार्यक्रमको पनि आय–व्यय सार्वजनिक गरिएको छ ।

द्यौसीभैलो कार्यक्रमबाट ७२ हजार ६ सय ६५ रुपैयाँ नगद सङ्कलन गरिएको र ४ सय ७० रुपैयाँ
खर्च भएको सचिव मनमोहन पाण्डेले जानकारी दिए ।

अध्यक्ष रोहित
कोइरालाको सभापतित्वमा भएको कार्यक्रमको अवसरमा द्यौसीभैलो कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने विभिन्न
उपसमितिका संयोजकहरु, चन्दादातासहित ४२ जनालाई सम्मानित गरिएको थियो ।

जामुनबारी सामुदायिक वन तथा उपभोक्ता समूह एवम् जामुनखाडी पर्यटकीय क्षेत्रका अध्यक्ष पर्शुराम
गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विष्णु ओली, दिननाथ खतिवडा, दधीराम पोखरेल, लक्ष्मीप्रसाद
काफ्ले, रुद्र बोहोरा, मनोज बस्नेत, लीलाराज झापाली, सावित्रा दाहाल लगायतले शुभकामना मन्तव्य राखेको
टीकाराम भण्डारी (सुदिप) ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने