१४ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

निर्माणमा ढिलासुस्ती :सडक अवरुद्ध

१३ फाल्गुन २०७७, बिहीबार ०८:०३

फागुन १३,कर्णाली । ठेकेदारले निर्माणमा ढिलासुस्ती गरेको भन्दै स्थानीयवासीले वीरेन्द्रनगरको मुख्य सडकमा आवागमन अवरुद्ध पारेका छन् । 

वीरेन्द्रनगर–६ स्थित आइएमई चोकबाट हटियालाइन हुँदै घण्टाघरतर्फ जाने सडक आसपासका स्थानीयवासीले ठेकेदार कम्पनीले लामो समयदेखि निर्माणमा बेवास्ता गरेकाले यातायात अवरुद्ध पारेका हुन् । स्थानीयवासीले सडकमा ठूल्ठूला ढुङ्गा राखेर, तारजाली लगाएर सडक अवरुद्ध पारेका छन् । 

वीरेन्द्रनगर नगरपालिकाका अनुसार पिके कन्ट्रक्शनले निर्माणको जिम्मेवारी लिएको उक्त सडकको आगामी चैत मसान्तसम्म कालोपत्र सम्पन्न गरिसक्नुपर्नेछ । गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने कार्यादेश भए पनि कोभिड–१९ का कारण निर्माणकार्यमा असर पुगेको भन्दै ठेकेदारले आगामी चैत मसान्तसम्म म्याद थपको अनुमति लिएका छन् ।

स्थानीय कुसुम रावलले मुख्य सडककै स्तरोन्नतिमा ढिलाइ हुँदा आफूहरु बाध्य भएर बाटो नै बन्द गरेको बताउनुभयो । “धूलोले सास्ती दिन थालेको महिनौं भइसक्यो, गाडीबाट ढुङ्गा उछिट्टएर बालबालिका घाइते हुनुका साथै पसलका सामानमा समेत क्षति पुगिरहेको छ”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले तत्काल निर्माणको काम अघि नबढाउँदासम्म सडक सञ्चालन गर्न दिनौंँ ।” प्रदेश सरकारको आर्थिक सहयोगमा वीरेन्द्रनगर उपत्यकाभित्र विभिन्न ३६ सडकको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ठेकेदारलाई तत्काल पानी छर्केर धूलो व्यवस्थापन गर्न लगाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन