२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सखुवानन्कारकट्टीमा झण्डा महोत्सव

२०७७, १४ फाल्गुन शुक्रबार ०९:०१

फागुन १४, लहान । राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँदै कृषि क्षेत्रको प्रवद्र्धन र बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा  यही फागुन १५ गतेदेखि २४ गतेसम्म झण्डा मेला महोत्सव हुने भएको छ । 

‘कला संस्कृति हाम्रो स्वाभिमान, समृद्ध सखुवानन्कारकट्टी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ शुरु हुने महोत्सवमा कृषि क्षेत्रमा प्रयोग हुने घरायसी आधुनिक औजार र स्थानीयस्तरमा उत्पादन हुने विभिन्न कृषि सामग्री प्रदर्शन हुने गाउँपालिका अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो । 

सो अवसरमा उत्कृष्ट हुने कृषकलाई पुरस्कृतसमेत गरिने छ । महोत्सवमा बालविवाह, बहुविवाह, दाइजो प्रथा तथा लैङ्गिक हिंसासम्बन्धी जनचेतना दिलाइने छ । महोत्सवमा १०० कक्ष रहने बताइएको छ । सूर्यचन्द्राङ्कित नेपालको राष्ट्रिय झण्डालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन झण्डा महोत्सव नामकरण गरिएको गाउँपालिका अध्यक्ष यादवको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य