२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

बिर्तामोडमा व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक दुई दिने प्रशिक्षण शुरु

४ पुष २०७२, शनिबार १०:३४

पुस ४, झापा । नेपाल पत्रकार महासंघ झापाको आयोजना र जिल्ला विकास समितिको
सहयोगमा ‘व्यवसायिक पत्रकारितामा सामाजिक समावेशीकरण’ विषयक दुई दिने प्रशिक्षण आज शनिवारबाट
बिर्तामोडमा शुरु भएको छ ।

अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा
भएको प्रशिक्षणको प्रमुख अतिथि महासंघका पूर्वाञ्चल संयोजक गणेश पोखरेलले उद्घाटन गरे ।
झापाका
क्रियाशील महिला, दलित, आदिवासी, जनजाति, मधेसी तथा अन्य समुदायका गरी ४० बढी पत्रकारको प्रशिक्षणमा
सहभागिता रहेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । बरिष्ठ पत्रकार एवम् प्राध्यापक टंक
उप्रेतीले प्रशिक्षणको सहजीकरण गरिरहेका छन् ।

उद्घाटन समारोहमा प्रेस चौतारीका अध्यक्ष गोपाल
काफ्ले, फोनिजका अध्यक्ष गणेशमान मुखिया, नेवा पत्रकारका अध्यक्ष अमृतलाल श्रेष्ठले शुभकामना मन्तव्य
राखेका थिए । महासंघका उपाध्यक्ष तारामणि सापकोटाले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको
सञ्चालन सचिव गिरीले गरेका थिए ।

समारोहमा क्रान्तिकारी पत्रकार संघका अध्यक्ष टीकाराम उप्रेती,
नारी सञ्चार गृहकी अध्यक्ष सावित्रा दाहाल लगायतको आतिथ्य थियो ।
सहभागी वक्ताले दक्षता नभएको र आचार
संहिताको पालना नगरेकै कारण पत्रकारहरु असुरक्षित र आक्रमणको शिकार बन्दै गएको बताए । लेख्न र
पत्रकारिता गर्न नजानेरै पत्रकार सुरक्षामा चुनौति खडा भएको भन्दै उनीहरुले सीप हासिल गरेर व्यवसायिक
पत्रकारितामा अग्रसर हुनुपर्ने बताए । प्रशिक्षण आइतवार समापन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव