१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्र स्थापना

१ चैत्र २०७७, आईतवार ०५:१८

चैत १, नुवाकोट नुवाकोटको बेलकोटगढी नगरपालिकामा राष्ट्रिय आयुर्वेद तथा तालिम केन्द्रको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना गरिएसँगै सोही अवसरमा निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण र परामर्शसमेत दिइएको छ । 

वडा नं १० बेलकोटस्थित नमूना कृषि सहकारी संस्थाको भवनमा कार्यालय स्थापना भएसँगै सेवाग्राहीलाई आयुर्वेद औषधिको उपलब्धता, आयुर्वेदसम्बन्धी अनुसन्धानसहित तालिमसमेत प्रवाह गरिने भएको छ । केन्द्रको उद्घाटन गर्दै वाग्मती प्रदेससभाका प्रमुख सचेतक केशव पाण्डेले किसानका खेतबारी र वनजङ्गलका जडीबुटीको उपयोगदेखि बिरामी हुँदा प्राकृतिक उपचार विधिको सेवा पाउन नगरसहित जिल्लावासीलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

केन्द्र सरकारअन्तर्गत प्रत्येक प्रदेशमा एक–एकवटा आयुर्वेद अनुसन्धान केन्द्र तथा त्यससम्बन्धी औषधि बिरामीलाई सहजरूपमा उपलब्ध गराउने कार्यक्रम अनुरुप नुवाकोटमा कार्यालय स्थापना भएकाले यसबाट यहाँको जनता र यहाँको जडीबुटी खेतीको प्रवद्र्धनमा सहयोग पुग्ने नगरप्रमुख राजेन्द्ररमण खनालले बताउनुभयो ।

नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलका अध्यक्ष प्रा डा धनिकलाल भरखेर र राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा रामअधार यादवले आयुर्वेदिक चिकित्सा पद्धतिलाई वैकल्पिक नभई मूलधारमा ल्याउन प्रभावकारी भूमिका पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रादेशिक केन्द्रमा आयुर्वेद चिकित्सक, कविराजसहितका कर्मचारीमार्फत अबदेखि नियमित सेवा उपलब्ध गराइने भएको छ । नुवाकोट र विशेषगरी बेलकोटगढीमा पाइने जडीबुटीको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवद्र्धन, आयुर्वेदिक औषधिको उपयोगका फाइदा र यससम्बन्धी प्रचार प्रसार गर्दै तालिमसमेत उपलब्ध गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल