१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

साथी भाईबाटै हेपिईन प्रधानमन्त्रीकि छोरी : लामा

२ चैत्र २०७७, सोमबार ०५:३६

दान बहादुर बुढा । चैत २, मुगु । मुगु जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउपालिका वडा नं ८ मा रहेकी प्रधामन्त्री केपि शर्मा ओलिले अभिभाकत्व गरेकि छोरी ठिल्ले साङमु लामा आफ्नै स्कुले साथी भाई बाट हेपिन पुगेकि छन् ।


कर्णाली रारा पर्यटन वर्ष २०७५ मा प्रधानमन्त्री ओलिले रारा तालको किनारमा पुगि लामालाई अभिभावकत्व ग्रहण गरेका ओलिले अहिले २ वर्ष बितिसक्दा पनि पढाई खर्च लगायत गाँस,बास,कपास सहजै रुपमा सहयोग नगर्दा पछिल्लो समय लामालाई प्रधामन्त्रीकि छोरी भनेर मात्र आफन्तबाट हेपिन पुगेकि हुन । 

लामा अहिले बुद्ध माद्यमिक विद्यालयको कक्षा ४ मा अध्यायनरत छन् । उनको तिखो दिमाक भएता पनि पठनपाठनमा आवश्यकता पर्ने स्टेशनरीका सामान कापि , कलम , डे«स , नुहदा विद्यालयमा बिरलै जाने गरेको विद्यालयले जानकारी दिएको छ ।  

घरमा बन्दोबस्त गर्ने घरपरिवार नहुनु र उनका बुवाको पनि निधन भएको हुदा यसै समस्या लाई मनन गर्दे प्रधानमन्त्री ओलिले अभिावकत्व ग्रहण गरेका हुन । अहिले घरमा विहान बेलुका के खाऔ के खाऔ , के लाऔ. र के राखौं भन्ने चिन्ताले मात्र सताउने गरेको परिवारको गुनासो गरेका छन् । 

परिवारका अनुसार हाम्री छोरीलाई प्रधामन्त्रीले आफ्नी छोरी सरि मानि ग्रहण गरेका थिए र छोरी लामालाई उहालेनै सम्पुर्ण जिम्मेवारी लिए पनि पठनपाठन लगायत अन्य स्रोतमा सहयोग नभएको उनीहरुको भनाई रहेको छ । 

प्रधानमन्त्रीले अभिावकत्व गरेको करिब ३ वर्ष पुग्दा समेत हाल सम्म २ पटक मात्र १०- १० हजार नगद र एक पटक लत्ता कपडा मात्र सहयोग गरेको आमा छिचु लामाले बताइन । छोरी लामालाई विद्यालयमा पठनपाठन गराउन खोज्दा विद्यालयमा रहेका साथी भाई , गाउ घरका आफन्तहरुले पनि लामा लाई प्रधानमन्त्रीकि छोरी,प्रधानमन्त्रीकि छोरी,भनेर मात्र जिस्काउने गरेको र यस्तो अवस्था सहन नसकेर नातिले आज भोलि विद्यालय जान बिस्तारै हटाउन छोडेको लामाका बाजे छिरिङ क्यामा लामाले बताएका छन् । 

सोही रारा पर्यटन वर्षमा  प्रधाामन्त्रीकि धर्मपत्नि राधिका शाक्यले पनि एउटी अर्की  छोरी छिरिङ छेन्जोङ्ग लामा लाई ग्रहण गरिन । उनको अवस्थामा पनि अहिले उस्तै रहेको छ । प्रधानमन्त्रीकि छोरी लामा र राधिका शाक्यले गरेकि छोरीको सहयोग भने एउटै पोखरीमा पानि खन्या जस्तै छ । यस्तै पुर्व शिक्षा मन्त्री गिरिराज मणि पोखरले अभिभावकत्व गरेका छोरी र अन्य मन्त्री सांसदहरुले गरेको अभिभावकत्व पनि वारी र पारी बिचमा पुल रहे जस्तै भएको छ । 

यता वुद्ध माद्यमिक विद्यालय माग्री गाउँका प्रधानध्यापक टिका प्रशाद उपाध्याका अनुसार लामाका अभिावकसँग बुझ्दा पहिला दुई पटक मात्र सहयोग गरेको बुझियो र पछिल्लो समय कुनै पनि निकाय वा प्रधानमन्त्री बाट सहयोग नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल