२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सामुदायिक वन फडानी गरेर पिकनिक स्थल निर्माण

२०७७, २ चैत्र सोमबार १२:०८

धिरज बिष्ट । चैत २, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ९ नम्बर वडामा रहेको सिङ्गोकोट सामुदायिक वन फडानी गरेर पिकनिक स्थल निर्माण भइरहेको छ। सिङ्गैकोट सामुदायिक वनमा पर्ने मापदण्ड समेत नपुर्याई ठुल-ठुला रुखमाथि डोजर लगाएर फडानी गरिन थालिएको हो ।

डिभिजन बन कार्यालय पहलमानपुरलाई बारम्बार जानकारी गराउदा पनि कुनै चासो देखाएको छैन् । राष्ट्रिय जनता आधारभूत बिधालयलाई समेत प्रभाव पर्ने गरि निर्माण गरिन लागेको पिकनिक स्थलबाट करिब २०० मिटर टाढा मात्र बिधालय रहेको छ। 

जन प्रतिनिधि र उपभोक्ता समुहका अध्यक्षलाई फाइदा पुग्ने भएकोले यो पिकनिक स्थल निर्माण गरिन लागेको स्थानीयको भनाई छ । राष्ट्रिय जनता आधारभुत बिधालयले ८/१० बर्ष देखि प्रयोगमा लिएको सिङ्गोकोट सामुदायिक बनको जग्गाको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय समेत मुद्दा हुँदा हुँदै पनि डोजर लगाएर वन फडानी गरेर पिकनिक स्थल निर्माण भैरहेको स्थानीयहरुले बताएका छन् ।

 पिकनिक स्थल निर्माण हुँदा गाउँ समाजलाई समेत असर पर्ने र नजिकै रहेको बिधालयलाई पठनपाठन गर्न समेत समस्या हुने बिधालयका स्थानीयले बताए ।  

'हाम्रो भनेको यहाँ केही लाग्दैन बनका कर्मचारी आउछन् जान्छन् तर केही गर्दैन्न सानाको लागि मात्र कानुन हो ठुला बडाको लागि कानुन हुदैन हामिले दाउरा ल्याउदा समेत बनका कर्मचारीले दु:ख दिन्छन्  तर ठुलाबडाका ट्याक्टरमा जंगल मै लगेर काठ ओसारपसार गर्छन् तर नत बललाई चासो हुन्छ न त स्थानीय जनप्रतिनिधि लाई नै । हामिले जानकारी गराउदा बनका कर्मचारीले ट्याक्टरमा काठ ओसारपसार गर्ने व्यक्तिलाई सम्पर्क गरेर आउछन् र आफै ट्याक्टर वलालाई सहयोग गर्ने गर्छन् ।' सिङ्गोकोट सामुदायिक बनका उपभोक्ताले आफ्नो गुनासो सुनाए ।

यो पिकनिक स्थल बनाउदा आफ्ना छोराछोरीले बिद्यालय पढ्न पनि नपाउने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा