१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कैलालीमा सामुदायिक वन फडानी गरेर पिकनिक स्थल निर्माण

२ चैत्र २०७७, सोमबार १२:०८

धिरज बिष्ट । चैत २, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका ९ नम्बर वडामा रहेको सिङ्गोकोट सामुदायिक वन फडानी गरेर पिकनिक स्थल निर्माण भइरहेको छ। सिङ्गैकोट सामुदायिक वनमा पर्ने मापदण्ड समेत नपुर्याई ठुल-ठुला रुखमाथि डोजर लगाएर फडानी गरिन थालिएको हो ।

डिभिजन बन कार्यालय पहलमानपुरलाई बारम्बार जानकारी गराउदा पनि कुनै चासो देखाएको छैन् । राष्ट्रिय जनता आधारभूत बिधालयलाई समेत प्रभाव पर्ने गरि निर्माण गरिन लागेको पिकनिक स्थलबाट करिब २०० मिटर टाढा मात्र बिधालय रहेको छ। 

जन प्रतिनिधि र उपभोक्ता समुहका अध्यक्षलाई फाइदा पुग्ने भएकोले यो पिकनिक स्थल निर्माण गरिन लागेको स्थानीयको भनाई छ । राष्ट्रिय जनता आधारभुत बिधालयले ८/१० बर्ष देखि प्रयोगमा लिएको सिङ्गोकोट सामुदायिक बनको जग्गाको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय समेत मुद्दा हुँदा हुँदै पनि डोजर लगाएर वन फडानी गरेर पिकनिक स्थल निर्माण भैरहेको स्थानीयहरुले बताएका छन् ।

 पिकनिक स्थल निर्माण हुँदा गाउँ समाजलाई समेत असर पर्ने र नजिकै रहेको बिधालयलाई पठनपाठन गर्न समेत समस्या हुने बिधालयका स्थानीयले बताए ।  

'हाम्रो भनेको यहाँ केही लाग्दैन बनका कर्मचारी आउछन् जान्छन् तर केही गर्दैन्न सानाको लागि मात्र कानुन हो ठुला बडाको लागि कानुन हुदैन हामिले दाउरा ल्याउदा समेत बनका कर्मचारीले दु:ख दिन्छन्  तर ठुलाबडाका ट्याक्टरमा जंगल मै लगेर काठ ओसारपसार गर्छन् तर नत बललाई चासो हुन्छ न त स्थानीय जनप्रतिनिधि लाई नै । हामिले जानकारी गराउदा बनका कर्मचारीले ट्याक्टरमा काठ ओसारपसार गर्ने व्यक्तिलाई सम्पर्क गरेर आउछन् र आफै ट्याक्टर वलालाई सहयोग गर्ने गर्छन् ।' सिङ्गोकोट सामुदायिक बनका उपभोक्ताले आफ्नो गुनासो सुनाए ।

यो पिकनिक स्थल बनाउदा आफ्ना छोराछोरीले बिद्यालय पढ्न पनि नपाउने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल