२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अझै फेला परेनन् बेपत्ता झा दम्पती

३ चैत्र २०७७, मंगलवार १२:४०

चैत ३, महोतरी । घरमै सुतिरहेको अवस्थामा ओछ्यानसहित महोत्तरीको पिपरा गाउँपालिका–५ का एक झा दम्पती विगत २२ दिनदेखि बेपत्ता छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी सुतिरहेकै अवस्थामा फागुन १० गते राति घरैबाट अज्ञात समूहले ओछ्यानसहित बेपत्ता पारेकोमा अहिलेसम्म उनीहरूको अवस्था अज्ञात छ । 

उनको घर र चौकसमा रगतका छिट्टा देखिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले फागुन ११ गते मङ्गलबार बिहानैदेखि वृद्ध दम्पतीको व्यापकरुपमा खोजतलास गरिरहेको तर आज २२ औँ दिन बितिरहँदा वृद्ध दम्पतीको खोजीमा जिल्ला प्रहरी, प्रदेश प्रहरी र विभिन्न गोप्य सुराकी लगाई सकिएको अवस्थामा पनि उनीहरूको कुनै अत्तोपत्तो लागेको छैन । 

प्रहरीले उनको गाउँको चारैतिरको वन चौर, झाडी, खोला नाला, पोखरी र छिमेकी गाउँ तथा जिल्लाको विभिन्न स्थानसहित छिमेकी जिल्ला धनुषासमेत विभिन्न स्थानमा व्यापकरुपमा उनीहरूको खोजतलाश गरिसकेको छ । वृद्ध दम्पती नभेटेपछि घटना झन् झन् जटिल बन्दै गइरहेको छ । चौबीस घण्टा प्रहरी विभिन्न समूहले झा दम्पतीको घरको चौकीदारी गरिरहेका छन् । प्रहर नभनी उनको खोजीका लागि प्रहरी भौँतारिरहेका छन् । 

मोही जग्गासम्बन्धी मुद्दामा साक्षी गवाही रहेको कारण उनीहरूको हत्या गरी शव बेपत्ता पारिएको स्थानीय बासिन्दाहरूले आँकलन गरिरहेका छन् । प्रहरीले उनीहरूको अवस्थाबारे अनुसन्धानका लागि अहिलेसम्म करीब चार दर्जन व्यक्तिलाई ल्याइसकेको र आवश्यक सोधपुछ गरिसक्दा पनि वृद्ध दम्पतीबारे कुनै सुराकी नलागेको प्रहरीको भनाइ छ ।

यता अझै पनि जिल्ला प्रहरी र मातहतका प्रहरी एकाइ र प्रदेश प्रहरीबाट बेपत्ता वृद्ध दम्पतीको खोजतलाश व्यापकरुपमा भइरहेको भने घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ । यता परिवारजन र गाउँले छिमेकी विगत १८ दिनदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्नासमेत दिँदै आएका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुर तथा देशको राजधानी काठमाडौँको माइतीघरमण्डलामा झा दम्पतीको खोजीको माग गर्दै प्रदर्शनसमेत गरिसकेको छ ।

पीडित परिवार र बाह्मण समाजले जनकपुरमा रिले अनशन पनि गरिरहेको अवस्था छ । यसले पनि कुनै परिणाम नल्याए आमरण अनशन र अन्य चर्काे आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । घरका अभिभावक दम्पती नै बेपत्ता हुँदा झा दम्पतीको घरमा चुलो बल्न छाडेको छ भने परिवारजन गहिरो चिन्तामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य