१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मुगु–हुम्ला लिङ्करोडमा बेलीब्रिज बन्ने

५ चैत्र २०७७, बिहीबार ०८:४०

चैत ५, मुगु । मुगु–हुम्ला लिङ्करोडको मुगु खण्डमा पर्ने कर्णाली नदीमाथि यहाँको स्थानीय सरकारले बेलीब्रिज पुल निर्माण गर्ने भएको छ । छायाँनाथ रारा नगरपालिका–१, ३ र १३ वडामा भएर बग्ने मुगु कर्णाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले बेलीब्रिज निर्माण गर्न लागेको हो । 

नगरपालिकाका प्र्रमुख हरिजङ्ग शाहीले सो पुल र पुलसम्म पुग्ने सडकको बुधबार शिलान्यास गर्नुभएको छ । पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामीण पहँुच कार्यक्रम तेस्रो चरण (¥याप–३) को प्राविधिक सहयोगमा निमार्ण हुनेछ । बेलीब्रिज निर्माणका लागि जलब रवि चक्र जेभी निर्माण कम्पनीले नगरपालिकासँग बोलकबुल गरेर सम्झौतासमेत गरिसकेको निर्माण कम्पनीका प्रतिनिधि बखतबहादुर मल्लले बताउनुभयो । “विधिवतरूपमा पुलको शिलान्यास भएको छ”, उहाँले भन्नुभयो, “अब द्रूतगतिमा पुल निर्माणको काम अघि बढ्ने छ ।” नदीमा पानी बहाव नबढ्दै दुवैतिर टेवा पर्खाल निर्माण गरिसक्ने पनि उहाँले बताउनुभयो । 

सो अवसरमा नगरप्रमुख शाहीले साविकको जिल्ला विकास समितिले भट्टेचौरमा पक्की पुल निर्माण गर्न ठेक्का लगाई पुल बनाउने काम रोकेका कारण प्रक्रियामा जान कानूनी समस्या परेको बताउँदै कानूनी प्रक्रिया पूरा गरेर पुल नबनुञ्जेलसम्मका लागि अस्थायी रुपमा भए पनि बेलीब्रिज राख्न गत वर्ष नै नगरसभाले बजेट विनियोजिन गरेको जानकारी दिनुभयो । 

ग्रामीण पहँुच कार्यक्रम (¥याप३) ले मुगु सदरमुकाम गमगढीबाट हुम्लाको चङ्खेली गाउँपालिका देउलीसम्म जनताको सहभागितामार्फत सडक बनाए पनि मुगु कर्णालीमा पुल नहुँदा यो सडक सञ्चालनमा समस्या हुँदै आएको थियो । “नगरपालिकाको सक्रियतामा अब पुल निर्माण हुने भएको छ । दुवैतिरको पुलसम्म पुग्ने सडक बढीमा हप्ता दिनभित्र निर्माण सम्पन्न गर्नेछौँ भने पुल निर्माणदेखि सडक निर्माणमा प्राविधिक सहयोगसमेत गर्नेछौँै”, ग्रामीण पहँुच कार्यक्रमका टोलीनेता विष्णुराम विष्टले भन्नुभयो ।

ट्रयाक खुला भएको वर्ष दिनभन्दा बढी समय बितिसक्दा पुल नहुँदा कर्णाली नदीपारिका रुगा, थार्प, लुम, बाम, लह, लापु र हुम्ला जिल्लाका तल्लो भेगका स्थानीयवासीले सडकको प्रयोग गर्न पाएका थिएनन् भन्दै रुगागाउँका स्थानीयवासी बालकृष्ण लावडले सडक भए पनि सवारी साधन थिएनन्, सडक भएर पनि गाउँमा कोही बिरामी हुँदा तीन घण्टा बोकेर जिल्ला अस्पताल मुगु पु¥याउन बाध्य हुने गरेको बताउनुभयो । उहाँका अनुसार पुल अभावका कारण समयमै उपचार नपाएर कतिले बाटोमै ज्यान गुमाउनुपरेको थियो । “पुल निर्माण भएपछि अब हामी समयमै उपचार गर्न पाउने छौँ भने घरबारीमा खेर गएका स्याउ, ओखर, अन्नबाली सदरमुकाम गमगढी, जुम्ला, सुर्खेत र नेपालगञ्जसम्म लगेर बिक्री गर्न सक्नेछौँ”, उहाँले भन्नुभयो, “प्राविधिक र पुल निर्माण कम्पनीले समयमै काम सम्पन्न गरोस् ।”

मुगु कर्णालीमा बेलीब्रिज निर्माण भएपछि छायाँनाथ रारा नगरपालिकाका साथै हुम्लाका चङ्खेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाउँपालिकाका जनताको सडकसम्म पहँुच पुग्ने छ । रु पाँच करोड २० लाख ५५ हजार ९०२ को लागतमा बन्ने यस बेलीब्रिजको लम्बाइ ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल