२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

बाँकेमा ५४६ फरार अभियुक्त पक्राउ

२०७७, ५ चैत्र बिहीबार १२:४७

चैत ५, बाँके ।  जिल्ला प्रहरी कार्यालय बाँकेले चालू आर्थिक वर्षमा ५४६ फरार अभियुक्तलाई पक्राउ गरेको छ । बुधबारमात्रै प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त बमबहादुर सार्कीलाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका– ६ निवासी प्रेमबहादुर थापाको हत्या अभियोगमा अदालतले २०७७ कात्तिक २४ गते कर्तव्य ज्यान मुद्दामा दुई महीनाको सजाय सुनाएपछि उनी फरार थिए ।

प्रहरीले छुट्टै टोली नै खटाएर फरार अभियुक्तलाई पक्राउ अभियान चलाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार यो अवधिमा १०० जति अभियुक्तले अदालतमा पुगेर आत्मसमर्पण गरेका छन् । भारतमा लुकेर बसेका केही व्यक्तिलाई नियन्त्रणमा लिनका लागि भारतीय प्रहरीसँग समन्वय भइरहेको छ । प्रहरीको बाँकेमा एक हजार यस्ता फरार अभियुक्त पक्राउ गर्ने योजना छ ।

पक्राउपर्ने फरार अभियुक्तमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, चोरी, कुटपिट, लुटपाट, बलात्कार, जुवातास, बहुविवाहलगायतका घटनामा संलग्न व्यक्ति रहेको प्रहरी उपरीक्षक रानाले जानकारी दिनुभयो ।

 फरार अभियुक्त पक्राउसँगै लागुऔषध, शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रणलाई पनि प्राथमिकताका साथ राखिएको प्रहरी उपरीक्षक रानाको भनाइ छ । भारतसँगको खुला सीमा जोडिएको हुँदा हुनसक्ने सीमा अपराध, चोरी, निकासी तथा पैठारी नियन्त्रणमा पनि प्रहरी सक्रियता रहेको रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने