२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा भिरबाट लडेर मृत्यु

२०७७, ८ चैत्र आईतवार ०५:२५

चैत ८, काभ्रे  । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ नारायणस्थानडाँडामा घुम्न जाने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार राति २ः०० बजेतिर शौचालय जाने क्रममा चिप्लेर भिरबाट लडेर धुलिखेल नगरपालिका–४ केयुमा कार्यरत वडा नं ७ बस्ने २६ वर्षीय निरोज रिजालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार रिजाल धुलिखेल नगरपालिका–४ केयुको सूचना प्रविधिमा कार्यरत थिए । शौचालय जाने क्रममा चिप्लेर भिरबाट करिब छ÷सात सय मिटर तल खसेर अड्केको अवस्थामा प्रहरी र नेपाली सेनाको संयुक्त उद्धार टोलीले शव निकालेको हो । उनको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । बेथानचोक नारायणस्थान घुम्नका लागि चार जनाको टोली शुक्रबार राति पुगेको र शौचालय जाने क्रममा सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने