१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना

९ चैत्र २०७७, सोमबार ०७:१८

चैत ९, बर्दिया । बर्दियामा बालविवाह न्यूनीकरणका लागि कार्ययोजना निर्माण थालिएको छ । प्लान इन्टरनेशनलको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाका आठवटै पालिकामा रहेका ४० माध्यमिक विद्यालयमा कार्ययोजना निर्माण थालेको हो । 

कार्ययोजना निर्माण गर्न क्लबले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । माध्यमिक तहमा अध्ययनरत धेरै किशोर किशोरी बालविवाहको सिकार हुने गरेकाले विद्यालयबाट नै बालविवाहविरुद्ध अभियान सञ्चालन गर्न विद्यालयका अतिरिक्त क्रियाकलामा समावेश गर्न कार्ययोजना बनाउन अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको फिल्ड सुपरभाइजर डम्मरबहादुर परियारले जानकारी दिनुभयो  ।

 कार्ययोजनामा बालविवाहविरुद्ध विद्यार्थीको हस्ताक्षर अभियान सञ्चालन गर्ने, वक्तृत्वकला प्रतियोगिता, चिठी लेखन, निबन्ध प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा विद्यालयमा बालसंरक्षण नीति तयार गर्ने योजना समावेश गरिएको त्रिभुवन मावि कौराका प्रधानाध्यापक दामोदर पौडलले बताउनुभयो । 

विद्यालयमा तयार गरिएको योजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने र विद्यालयमा बालमैत्री शिक्षणलाई लागू गरिने उहाँको भनाइ छ । बालविवाह समाजमा व्याप्त रहेका भएता पनि कानूनी प्रक्रिया नजाउदा तथ्याङ्क एकिन गर्न भने सकिएको छैन । एक अध्ययनअनुसार सामाजिक सञ्जालको माध्यमबाट २० प्रतिशत, आफूखुशी ११ प्रतिशत र अभिभावकको करकापबाट २६ प्रतिशत बालबालिकाले विवाह गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल