१४ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

सुदूरपश्चिममा कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता

९ चैत्र २०७७, सोमबार १२:४१

चैत ९, काठमाडौँ । छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको  सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्रमुख कार्कीले भन्नुभयो, “केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।”

धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सङ्क्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्रमणको दर भने शून्य छ । 

कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि हालसम्म प्रदेशमा पिसिआर पद्धतिबाट एक लाख ३७ हजार ६२३ को स्वास्थ्य परीक्षण गरिएकामा १४ हजार ६८ जनामा सङ्क्रमण देखिएको थियो । प्रदेशमा स्वास्थ्य परीक्षण गरिएको सङ्ख्या कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को झण्डै पाँच प्रतिशत हो । सङ्क्रमितमध्ये १३ हजार ८६५ जना उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । होमआइसोलेशनमा हाल ९६ जना सङ्क्रमित रहेका छन् । 

स्वास्थ्य महाशाखाका प्रमुख कार्की कोभिड–१९ को सङ्क्रमण घट्दो क्रममा रहे पनि जोखिम भने नहटेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जोखिम नघटिसकेकाले सङ्क्रमित क्षेत्र भारतबाट प्रदेशमा भित्रिनेलाई सीमामा स्थापना गरिएको हेल्थ डेस्कमार्फत स्वास्थ्यसम्बन्धी सचेतना दिने कामसमेत भइरहेको छ ।”

लक्षण देखिएका व्यक्ति र सङ्क्रमितको सँगसँगै बस्ने व्यक्तिको मात्र नमूना सङ्कलन र स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । पुस महिनासम्म प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित ५६ जनाको मृत्यु भएको थियो । त्यसयता प्रदेशमा यो रोगका कारणले हुने मृत्यु दर शून्य छ । होम आइसोलेशन र प्रदेशबाहिरका जिल्लामा मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन । कोभिड–१९ को उपचार व्यवस्थापनका लागि सेती प्रदेशिक अस्पताल धनगढीलगायतका क्षेत्रमा स्थापना गरिएको कोरोना अस्पतालका श्ययाहरु खाली छन् ।

सुदूरपश्चिम प्रदेशमा उपलब्ध गराइएको कोरोनाविरुद्धको खोप (कोभी शिल्ड) पहिलो र दोस्रो चरणमा लक्षित समूहलाई दिइसकिएको छ । पहिलो चरणमा कोभिड—१९ को उपचार व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शववाहन चालक, शव व्यवस्थापनमा खटिनेलाई यो खोप दिइएको थियो । दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिलाई यो खोप दिइएको छ । 

खोप लगाएकालाई दोस्रो मात्रको खोप आगामी वैशाख ७ गतेबाट दिने तयारी भइरहेको छ । “पहिलो खोप लगाइसकेकालाई खोपको दोस्रो मात्रा लगाउन व्यवस्थापन भइरहेको छ”, स्वास्थ्य निर्देशनालय दिपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले भन्नुभयो, “नयाँ खोप आएपछि खोपको उपलब्धताका आधारमा अन्य उमेर समूहका व्यक्तिलाई पनि खोप लगाउने तयारी भइरहेको छ  ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना हुँदा २८ जनाको मृ-त्यु कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर बिहान गयो भूकम्प आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना काठमाडौं महानगरले न्यायिक समितिबाट निःशूल्क कानूनी सेवा दिइरहेको छ :- उपप्रमुख डंगोल नक्कली भुटानी शरणार्थी र गिरिबन्धुको फाइल खुल्नेछ, वाइडवडीको भ्रष्टाचार छोडिने छैन: प्रचण्ड दिक्षित भएका विद्यार्थीलाई प्रधानमन्त्री ओलीले भने : विद्वान हुँ भन्ने घमण्ड नगर्नुहोला ओलीलाई एमाले नेतृत्वबाट बिदा हुन घनश्याम भुसालले दिए सुझाव ड्राइ सिजनमा विद्युत अभाव हुनसक्छ : कुलमान घिसिङ प्रमुख दुई दलको सहमतिमा संविधान संशोधन हुन्छ : मन्त्री गुरुङ महोत्तरीमा एनपीएल विजेता जनकपुर बोल्ट्सको ‘ट्रफी परेड’ पीएल सिंहले छाडेर गएका कामहरुलाई निरन्तरता दिनुपर्छ : देउवा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाटै पेट्रोल र मट्टितेल आयात सुरु जानकी मन्दिरमा बेलायती राजदूत फेनले मनाए २२ औं वैवाहिक वर्षगाठ कारले ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई दियो मृत्युदण्ड अजरबैजान एयरलाइन्‍सको विमान दुर्घटना बाह्य प्राविधिक हस्तक्षेपका कारण भएको आरोप सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन कार्यकक्षमै एक प्रहरी जवानले आफैँमाथि चलाए गोली ! कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा शाखालाई निर्देशन गुल्मीमा टिपर दुर्घटनामा हुँदा एक जनाको मृत्यु,एक घाइते कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता