४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा साढे दुई महिनादेखि बेपत्ता व्यक्ति मृत भेटिए

११ चैत्र २०७७, बुधबार ०४:४०

चैत ११, मार्तडी । जिल्लाको उत्तरपूर्वी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३२ वर्षीय सौरे ल्वारको बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्थामा शव फेला परेको छ । गत पुस १६ गतेदेखि बेपत्ता भएका ल्वारको मङ्गलबार कर्णाली नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

छोराछोरीको बाल पोषण भत्ताको खाता खोल्न भनी गाउँपालिकाको केन्द्र वाई सुइजिउला आएका ल्वार बेपत्ता हुनुभएको थियो । बेपत्ता ल्वारको विभिन्न ठाउँमा खोजी गरे पनि कतैबाट पत्ता नलागेको र खोजी गर्दै जाँदा दुई महिनापछि शव नदी किनारमा भेटिएको आफन्त राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

स्वामीकार्तिकको हिमालयन बैंकमा खाता खोल्नका लागि घरबाट आएका ल्वार बेपत्ता भएको साढे दुई महिनापछि मृतावस्था फेला पारेको इलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख प्रहरी नायब निरीक्षक वीरसिहं ठगुन्नाले जानकारी दिनुभएको छ ।

स्वामीकार्तिक खापर–२ को भुकाहाँखोला नजिकै कर्णाली नदीमा तैरिरहेको अवस्थामा ल्वारको शव फेला परेको उहाँले बताउनुभयो । खोलामा माछा मार्न गएका व्यक्तिले नदीमा शव देखेपछि स्थानीयवासीलाई खबर गरेको प्रहरी निरीक्षक ठगुन्नाको भनाइ छ ।

घटनास्थलमा देखिएको शङ्कास्पद शवलाई आफन्तद्वारा पहिचान गराइएको प्रहरीले जनाएको छ । बेवारिसे शवलाई नदीको किनारा ल्याएर हेर्दा नागरिकताबाट मृतक ल्वारको पहिचान भएको प्रहरी निरीक्षक ठगुन्ना बताउनुहुन्छ । घटनास्थल पुगेका आफन्त र प्रहरीले शवलाई हेर्दा पाइन्टको खल्तीमा पानीले भिजेको अवस्थामा भेटिएको नागरिकताबाट मृतक ल्वार भनी पहिचान भएको हो । प्रहरीले घटनास्थमा पुगेर मुचुल्का तयार गरी मृतक ल्वारका आफन्तलाई शव बुझाई दाहसंस्कारका लागि जिम्मा लगाएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ