साउन २४, सुरुङ्गा । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, सुरुङ्गा । "/>
२०८२, ३० फाल्गुन शनिबार
झापा - JP

बौद्धिक अपाङ्ग बालबालिकालाई अमेरिकाबाट सहयोग

२०७३, २४ श्रावण सोमबार ११:३५

साउन २४, सुरुङ्गा । झापा कनकाई नगरपालिका–३, सुरुङ्गामा रहेको सुस्त मनः स्थिति सरोकार समाज नेपाललाई अमेरिकाको यूएसए नेपाल डटनेट अनलाइनले आर्थिक सहयोग गरेको छ । 

आइतबार संस्थाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच पहिलो चरणको सहयोग स्वरुप ५१ हजार १ सय रुपैयाँ वितरण गरिएको हो । 

अनलाइनका आर्थिक विभाग प्रमुख कृष्ण खनालले उक्त रकम संस्थाकी अध्यक्ष भागिरथा चापागाईं (शान्ता)लाई हस्तान्तरण गरे । 

पत्रकार गौरव पोखरेलले संस्थामा रहेका बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको स्थितिको विषयमा भिडियो सामग्री तयार गरेपछि सार्वजनिक भए लगत्तै त्यहाँका नेपालीहरुले सहयोग गरेका थिए । सहयोगका लागि गो फण्ड मी एकाउन्टमा खाता खोलिएको थियो । 

अनलाइनका तर्फबाट सहयोग हस्तान्तरणका लागि यूएसएबाट सम्पादक मोहन अधिकारी, आर्थिक विभाग प्रमुख खनाल लगायत आएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट बोल्दै अध्यक्ष भागिरथा चापागाईं, सह–सचिव नर्वदा भेटवाल, अभिभावक जीवन काफ्ले, यशोदा घिमिरे लगायतले अनलाइनले सहयोग गरेर आफूहरुलाई अझ बढी काम गर्न उत्प्रेरणा मिलेको बताए । 

अनलाइनका तर्फबाट बोल्दै खनालले आगामी दिनहरुमा पनि अनाइनले विभिन्न क्षेत्रमा सहयोगको पर्खाइमा रहेका व्यक्ति तथा संघसंस्थाहरुको लागि काम गर्ने आफूहरुको योजना रहेको बताए । कार्यक्रमको सञ्चालन पत्रकार पोखरेलले गरेका थिए । 

माथिको तश्विरमा: सहयोग हस्तान्तरण गर्दै आर्थिक विभाग प्रमुख कृष्ण खनाल । 

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह