२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बादललाई फाल्ने, सरकार ढाल्ने खेल सुरु

२०७८, १० बैशाख शुक्रबार ०२:१५

बैशाख १०, काठमाडौं । आफू समस्यामा पर्ने जान्दाजान्दै पनि जेसुकै होस्, प्रधानमन्त्रीमा चुनाव गराइहाल्ने अचम्मको हतारो पाइन्छ । माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य पद रिक्त गराएपछि जेठको दोस्रो साता हुनुपर्ने चुनाव बागमती प्रदेशबाट निर्वाचित गृहमन्त्री रामबहादुर थापा (बादल) ले हार्ने देखिन्छ ।

चितवनबाट ०६४ मा जितेका बादललाई ०७४ माघको राष्ट्रियसभा चुनावमा एमाले र माओवादी केन्द्र मिलेर जिताएका हुन् । उनलाई जिताउनका लागि केपी ओलीले माधवपक्षीय बेदुराम भुसाललाई उम्मेदवारी फिर्ता लिन लगाएका थियो । अहिले बागमती प्रदेशमा एमाले स्पष्टतः आधा–आधा छ ।

प्रदेशसभा सदस्य ११० (मतभार ५२८०), गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिका मेयर÷उपमेयर २३८ (मतभार ४२८४) सहित जम्मा ३४८ (मतभार) ९५६४ ले बादललाई सर्लक्कै जिताउलान् भन्ने के ग्यारेन्टी ? माओवादीका बादलबाहेक सबै सर्लक्कै एकातिर छन् ।

त्यसमाथि कांग्रेससँग एमालेको माधव समूह र माओवादीले चुनावी गठबन्धन गर्ने सम्भावना पनि बढेको छ । कर्णालीमा खुला मतदान हुँदा त फ्लोरक्रस हुन थालेपछि गोप्य मतदानमा पराई भइसकेका बादललाई कसले, के भनेर जिताउने ?

राष्ट्रियसभाको यो खिचलोमा छिर्नुअघि नै प्रधानमन्त्रीले माधव नेपालसहित उनीको पक्षमा रहेका ३२ सांसदको पद रिक्त गराउने प्रक्रिया अघि बढाएका छन् । यसो गर्दा माओवादी र काँग्रेसले ल्याउन खोजेको अविश्वासको प्रस्ताव सजिलै पास हुँदैन, अर्कोखाले गठबन्धनबाट पनि नयाँ सरकार बन्दैन । र, यही बहानामा चुनावमा जान सकिने हिसाव बालुवाटारको देखिन्छ ।

बुझिएअनुसार, प्रतिनिधिसभाका रिक्त सीटहरूमा उपचुनाव गराएर ‘अर्ली इलेक्सन’ मा जान पनि तत्काल सम्भव भएन । त्यसकारण अहिले निर्वाचन आयोगले राष्ट्रियसभा, प्रदेश र स्थानीय तहका हकमा मात्रै उपचुनाव गराउने नीति बनेको छ ।

अनि, माधव समूहलाई चुनावसम्म ‘निर्दलीय’ बनाउनका लागि निर्वाचन आयोगले पनि एमाले विवादलाई ‘आन्तरिक मामिला’ भनेर पन्छाउन लगाउने तयारी बुझिन्छ । जेहोस्, उसै त माओवादीसँग छुट्टिएपछि अलपमतमा परेको सरकार प्रतिनिधिसभाका २७ भाइ आफ्नै सांसदको पद खोस्नेतिर लाग्दा १२१ बाट ९४ मा झरी झन् कमजोर हुने पक्का छ । यो समाचार जनआस्थासाप्ताहिक छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा