२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव

२२ बैशाख २०७८, बुधबार ०७:०६

चन्द्रकला भण्डारी । वैशाख २२, झापा (रासस)। झापामा कोरोना सङ्क्रमित दिनहुँ बढिरहेका छन् । तर अधिकांश सङ्क्रमित होम आइसोलेशनमा बसेका कारण सरकारी कोभिड अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको खासै चाप छैन ।

भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ । जहाँ मङ्गलबारसम्म २२ जना कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन् । भर्ना भएकामध्ये ११ जनालाई अक्सिजन सपोर्ट दिनुपरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सङ्क्रमितको सङ्ख्या बढिरहेको आधारमा भविष्यमा केही भन्न नसकिए तापनि हाल उपचारका लागि श्ययाको कुनै अभाव नरहेको बताउनुभयो ।

मेची अस्पतालमा कोभिडको निःशुल्क उपचार भइरहेको र पिसिआर परीक्षण सुविधासमेत उपलब्ध रहेको छ । एक हजार जनाको दैनिक कोरोना भाइरस जाँच गर्ने क्षमता भएको पिसिआर प्रयोगशालामा हाल दिनहुँ २०० भन्दा कम मानिसले सुविधा लिइरहेका छन् ।

अस्पतालमा अत्याधुनिक सुविधायुक्त एउटा भेन्टिलेटर, तीनवटा आइसीयु र २५ वटा एचडियु कक्ष रहेको अध्यक्ष पोर्तेलले जानकारी दिनुभयो । हाल ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्रमा कोरोना सङ्क्रमितको उपचार भइरहेको जनाउँदै उहाँले आवश्यकताअनुसार २५ श्ययाको एचडियुसमेत कोभिडका बिरामीको उपचारमा लगाइने बताउनुभयो ।

अस्पतालको पुरानो भवनमा एचडियु, आइसियु र पिसिआर प्रयोगशाला राखिएको छ । नजीकै निर्माणाधीन भवनमा कोभिड उपचार केन्द्र सञ्चालित छ ।

कोभिड उपचार केन्द्रमा अक्सिजन सपोर्ट र चिकित्सक तथा नर्सिङ सेवाको व्यवस्था रहेको छ । अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको रु ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ ।

अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिन्डर भर्न सक्ने क्षमताको आफ्नै अक्सिजन प्लान्ट बनाउन लागिएको हो । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिन्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको छ ।

दुई साता मेची अस्पतालको कोभिड उपचार केन्द्रमा बसेर स्वस्थ हुनुभएको पत्रकार दयाराम दाहालले सरकारी अस्पतालले कोभिडको उपचारमा चिकित्सक र नर्सको सहायता बढाउनुपर्ने सुझाव दिनुभएको छ । “मैले त्यहीँ बसेर कोभिड निको भएँ”, पत्रकार दाहालले उपचार पाउँदाको अनुभव सुनाउँदै भन्नुभयो, “पौष्टिक खाना, खाजा र श्यया ठिकै थियो । तर भवन अपूरो छ, सरसफाइ राम्रो छैन । यसमा व्यवस्थापनको ध्यान जानुपर्छ ।”

गत वर्ष कोभिड सङ्क्रमित भएपछि उपचारार्थ भर्ना हुनुभएका पत्रकार गणेशमान मुखियाले अक्सिजनको लेभल न्यून भएर अधिकांश कोरानाको बिरामी अस्पताल पुग्ने बताउँदै पर्याप्त अक्सिजनको व्यवस्था मिलाउन सुझाव दिनुभयो । उहाँले निर्धारित समयमा औषधि, जुनसुकै बेला तातोपानी र आवश्यकता अनुसार चिकित्सक तथा नर्सको सेवा उपलब्ध गराउन सके सरकारी कोभिड अस्पतालप्रति जनविश्वास बढ्ने बताउनुभयो ।

एक सातामै चार गुणा बढे सङ्क्रमित

झापामा कोरोना सङ्क्रमितको दर भने ज्यादै बढेको छ । एक सातामा चार गुणा सङ्क्रमित बढेको सरकारी तथ्याङ्कले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार सात दिनअघि वैशाख १४ गते जिल्लामा सङ्क्रमितको सङ्ख्या १९५ रहेको थियो । तर मङ्गलबार यो सङ्ख्या बढेर ७४१ पुगिसकेको छ । यो साता ५४६ जना सङ्क्रमित बढेका हुन् ।

करीब एक महिनाअघि झापामा कोभिड–१९ को दोस्रो लहरबाट प्रभावित सङ्क्रमितहरु देखा पर्न थालेका थिए । त्यसयता लगातार गुणात्मक रुपमा सङ्क्रमण फैलिइरहेको छ । एक महिनाअघि जिल्ला स्वास्थ्य कार्यालयले झापामा सङ्क्रमितको सङ्ख्या मात्र १३ रहेको जनाएको थियो ।

विगत सात दिनमा सङ्क्रमण निकै फैलिएको छ । खुला सीमा भएकाले भारतबाट आउने र काठमाडौँबाट घर फर्किनेको सङ्ख्या बढेसँगै झापामा सङ्क्रमण फैलिएको हो । झापामा गत वर्ष कोरोनाको पहिलो लहर शुरु भएयता १३६ जनाको यही सङ्क्रमणबाट मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान