साउन २६, भद्रपुर । स्थानीय तहको पुनःसंरचना हुने अवसरमा विर्तामोड नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा अनारमनी र चारपानेका पूर्वजनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि एवम् बुद्धिजीवीले जोड दिएका छन् । 

झापामा हाल ३३ गाविस र आठव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, भद्रपुर । स्थानीय तहको पुनःसंरचना हुने अवसरमा विर्तामोड नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा अनारमनी र चारपानेका पूर्वजनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि एवम् बुद्धिजीवीले जोड दिएका छन् । 

झापामा हाल ३३ गाविस र आठव"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

विर्तामोडलाई उपमहानगर बनाउन जोड

२६ श्रावण २०७३, बुधबार ०६:३५

साउन २६, भद्रपुर । स्थानीय तहको पुनःसंरचना हुने अवसरमा विर्तामोड नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा अनारमनी र चारपानेका पूर्वजनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि एवम् बुद्धिजीवीले जोड दिएका छन् । 

झापामा हाल ३३ गाविस र आठवटा नगरपालिकामा विर्तामोड नगरपालिकामा चारपाने र अनारमनी गाभिएर विर्तामोड नगरपालिकाको गठन भएको हो । भौतिक पूर्वाधार, स्वास्थ्य प्रतिष्ठान, शैक्षिक प्रतिष्ठान र व्यापारिक केन्द्रका रुपमा विकसित भइरहेको यो नगरपालिका मेची अञ्चलकै एउटा नमुना उपमहानगरपालिका बन्नुपर्ने धारणा अघि सारिएको छ । 

संवाद समूहको सचिवालय झापाले मङ्गलबार बिर्तामोडमा आयोजना गरेको स्थानीय तहको पुनःसंरचनासम्बन्धी छलफलमा पूर्वजनप्रतिनिधि एवम् राजनीतिक दलका नगरस्तरीय नेताले बिर्तामोडलाई उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिएका हुन् । 

बिर्तामोड क्षेत्रको आर्थिक, भौगोलिक, सामाजिक, विविधतालाई दृष्टिगत गरी समृद्धिका लागि नगरपालिकालाई उपमहानगरपालिका बनाउने विषयमा आवश्यक अध्ययन गरी प्रस्ताव गर्ने उनीहरुको साझा धारणा छ । साथै, स्थानीय तहको पुनःसंरचनाको विषयमा साझा बुझाई गाउँ स्तरसम्म पु¥याउने प्रतिबद्धतासमेत उनीहरुले व्यक्त गरेका छन् । आयोगले तोकेका आठवटा मापदण्डमा संशोधनसहित झापामा बन्ने १० वटा स्थानीय तहका निकायको सङ्ख्या कम भएको निष्कर्ष निकाल्दै छलफलमा सहभागीले निकायको सङ्ख्या वृद्धि गर्नुपर्ने मागसमेत गरेका छन् । 

साथै, दल तथा सरोकारवालाबीच सहकार्य र एकताका साथ स्थानीय तहको पुनः संरचनाको काममा टेवा पु¥याउने तथा त्यस विषयमा कुनै विवाद उत्पन्न भए छलफलबाटै समाधान खोज्ने सहमति समेत उनीहरुले गरेका छन् । 

तात्कालीन चारपाने गाविसका पूर्वअध्यक्ष प्रेमप्रसाद सिटौला, अनारमनी गाविसका पूर्वउपाध्यक्ष लोकबन्धु कन्दङवा, नेपाली काँग्रेसका नगर उपसभापति लक्ष्मीप्रसाद आचार्य, नेकपा (एमाले)का नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, नेकपा (माओवादी केन्द्र)का नगर इन्चार्ज अरुण श्रेष्ठ, राप्रपा नेपालका नगर अध्यक्ष शङ्कर रिजालले विभिन्न सुझाव प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै, नेकपा (क्रान्तिकारी माओवादी) का मोहन उप्रेती, तमलोपाका अनुतसिंह राजवंशी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का रामु सिंह, सद्भावना पार्टीका डोमालाल राजवंशी, जनाधिकार फोरम (गणतान्त्रिक)का प्रदीप अग्रवाल लगायतले समेत सम्भाव्यता अध्ययन गरी बिर्तामोडलाई अब पूर्वाधार विकाससहित उपमहानगरपालिका बनाउनु उपयुक्त हुने वताउनुभएको थियो । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र खगेन्द्र खरेलले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला