२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा आइसोलेशन श्ययाको अभाव : बेन्चमा सङ्क्रमितको उपचार

२०७८, २७ बैशाख सोमबार १०:५२

दीपकश्रेष्ठ । वैशाख २७, गोरखा (रासस)। गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन श्यया  नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता  बनेको छ  ।  पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो । 

छ श्यया मात्र आइसोलेशन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।  “दुई श्ययामा महिला र चार श्ययामा पुरुष सङ्क्रमित  छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।” 

ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजनदिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ । 

दोस्रो चरणको  सङ्क्रमण शुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ सङक्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ ।  यसैगरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो । आजबिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर सङ्क्रमितको उपचार थालिएको उहाँको भनाइ छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन श्यया निर्माण गरिएको छैन । 

आइसोलेसन श्यया नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत  अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० श्ययाको आइसोलशन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । अस्पतालको ओपिडी कक्ष नजिकै नयाँभवन बन्दै गरेको छ ।  “भवननिर्माणको सबै काम त सम्पन्न भएको छैन”, उहाँले भन्नुभयो, “तत्कालकालागि एउटा ब्लगमा ३० श्ययासम्मको आइसोलेशन निर्माण गर्न सकिन्छ कि भनेर  पहलगरिरहेका छौ ।”जिल्ला अस्पताल भित्र आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० जना पुगेको स्वास्थ्य कार्यालका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने