३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा आइसोलेशन श्ययाको अभाव : बेन्चमा सङ्क्रमितको उपचार

२७ बैशाख २०७८, सोमबार १०:५२

दीपकश्रेष्ठ । वैशाख २७, गोरखा (रासस)। गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन श्यया  नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता  बनेको छ  ।  पछिल्लो समय सङ्क्रमण बृद्धिभएपछि बिरामीहरुलाई अस्पतालको बाहिर अक्सिजन दिएर राख्नुपरेको हो । 

छ श्यया मात्र आइसोलेशन रहेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।  “दुई श्ययामा महिला र चार श्ययामा पुरुष सङ्क्रमित  छन्, उनीहरुसबैलाई अक्सिजन दिनुपर्छ । थप बिरामीलाई भर्ना गर्नसक्ने अवस्था छैन ।” 

ती बिरामीमा ज्वरो आउने र अक्सिजनको मात्रा घटेको पाइएको छ । अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नभएपछि अस्पतालले अक्सिजनदिनु नपर्ने बिरामीहरुलाई भने होम आइसोलेसनमा बस्न भन्दै फिर्ता पठाउने गरेको छ । 

दोस्रो चरणको  सङ्क्रमण शुरु भएपछि अहिलेसम्म जिल्ला अस्पतालमा २४ सङक्रमित उपचार गराउन आएकोमा छ जना बाहिरी जिल्लाबाट उपचारका लागि रिफर गरिएको छ ।  यसैगरी १२ जना उपचारपछि निको भएर घर फर्किएको उहाँले जानकारी दिनुभयो । आजबिहान थप पाँच जना बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने भएपछि अस्पताल बाहिर नै राखेर सङ्क्रमितको उपचार थालिएको उहाँको भनाइ छ । जिल्ला अस्पतालमा बाहेक आइसोलेसन श्यया निर्माण गरिएको छैन । 

आइसोलेसन श्यया नहुँदा उपचारकालागि सम्भव भएका बिरामीलाई समेत  अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालले जनाएको छ । अस्पतालमा आइसोलेसनको अभाव भएपछि अस्पतालको नयाँ बन्दै गरेको भवनमा तत्कालका लागि ३० श्ययाको आइसोलशन निर्माणको प्रयास भइरहेको सूचना अधिकारी ढकालले जानकारी दिनुभयो । अस्पतालको ओपिडी कक्ष नजिकै नयाँभवन बन्दै गरेको छ ।  “भवननिर्माणको सबै काम त सम्पन्न भएको छैन”, उहाँले भन्नुभयो, “तत्कालकालागि एउटा ब्लगमा ३० श्ययासम्मको आइसोलेशन निर्माण गर्न सकिन्छ कि भनेर  पहलगरिरहेका छौ ।”जिल्ला अस्पताल भित्र आइतबारसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५० जना पुगेको स्वास्थ्य कार्यालका महामारी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ