साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् ।
२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दुबै मृगौला खराब भएका माइलाद्वारा जीवन बचाइदिन अपिल

२६ श्रावण २०७३, बुधबार ११:३४

साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् ।

 मजदुरी गरी जसोतसो परिवारको गुजारा गर्दै आएका खड्गबहादुर विगत ९ महिनादेखि थलिएका हुन् । बिर्तामोड(१ सुकुम्वासी टोलका बासिन्दा उनी माइला नामले चिनिन्छिन् ।

परिवारको भरणपोषणका लागि मजदुरी गर्ने माइला विरामी परेपछि उपचार खर्च अपुग मात्र होइन परिवारको छाक टार्नै मुस्किल पर्ने गरेको उनकी श्रीमती बुद्धमाया बताउँछिन् । अहिलेसम्म उपचारमा तीन लाख रुपैयाँ बढी माइलाले आफ्नै भएभरको सम्पत्तिबाट जुटाएर खर्च गरेको बताए ।

अवस्था विग्रदै गएपछि केही दिनबाट उनको मृगौलाको डायलासिस शुरु भएको छ । चिकित्सकले जति सक्दो चाँडो पैसा जुटाएर मृगौला फेर्ने सल्लाह दिएकाले पैसाको अभावमा उनी चिन्तित बनेका छन्  । ‘मृगौला नफेरि म बाँच्दिनँ त्यसका लागि पैसा चाहिन्छ, पैसा छैन’( माइलाले भने( ‘मेरो जीवन तपाइहरुको हातमा छ, सहयोग जुटाएर बचाइदिनुहोस् ।’

मृगौला दान गर्ने मान्छे नभेटिएको अवस्थामा फेर्नको लागि १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । उनी अहिले मृगौला दानका लागि आफन्तजनलाई हारगुहार गरिरहेका छन् भने रकम जुटाउनका लागिसमेत सहयोगको याचना गरिरहेका छन् । लामो समय यातायात चालक भई मजदुरी गर्दै आएका उनी पछिल्लो समय बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कर्मचारी थिए । विरामले थलिएपछि त्यो काम समेत उनले छाडे्का छन् । नेपाली कांग्रेसका सक्रिय सदस्य माइला तरुण दल बिर्तामोडका सल्लाहकार हुन् ।

यसैबीच सामाजिक क्षेत्रमा क्रियाशील लोकबन्धु कन्दङ्वा, मदन गोपाल सुब्बा लगायतको अगुवाईमा ‘खड्ग लिम्बू माइला बचाउ समिति’ बनाएर अभियान शुरु गरिएको छ । बुधवार माइलाकै निवासमा भेला भएका सामाजिक अगुवाहरुले उनको जीवन बचाउनका लागि लक्ष्मण खड्काको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिको सचिवमा मदन गोपाल सुब्बा र कोषाध्यक्षमा धनराज योङहाङ रहेका छन् ।

सदस्यहरुमा राजु आचार्य अग्नि, सञ्चार नेम्वाङ, लोकबन्धु कन्दङवा, भोजराज सिटौला, राजेन्द्र थापा, गोपी गिरी, प्रकाश शिवाकोटी, राजु कन्दङवा, सजेश शिवाकोटी, बलदेव गोम्देन, टेकबहादुर सुब्बा, एकराज उप्रेती, कुमार भट्टराई, टेकराज तिलिङ, उमेश डालमिया, नगेन्द्र बस्नेत, तुलाराम गुरुङ, ठगबहादुर खड्का, लाजेहाङ साम्यु र अप्रोच खान रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा