साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् ।
२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

दुबै मृगौला खराब भएका माइलाद्वारा जीवन बचाइदिन अपिल

२०७३, २६ श्रावण बुधबार ११:३४

साउन २६, बिर्तामोड । झापा बिर्तामोड (१का ५० बर्षीय खड्गबहादुर लिम्बू कन्दङ्वा दुबै मृगौला (किड्नी) खराब भएका कारण उपचार खर्च जुटाएर जीवन बचाइदिन अपिल गरेका छन् ।

 मजदुरी गरी जसोतसो परिवारको गुजारा गर्दै आएका खड्गबहादुर विगत ९ महिनादेखि थलिएका हुन् । बिर्तामोड(१ सुकुम्वासी टोलका बासिन्दा उनी माइला नामले चिनिन्छिन् ।

परिवारको भरणपोषणका लागि मजदुरी गर्ने माइला विरामी परेपछि उपचार खर्च अपुग मात्र होइन परिवारको छाक टार्नै मुस्किल पर्ने गरेको उनकी श्रीमती बुद्धमाया बताउँछिन् । अहिलेसम्म उपचारमा तीन लाख रुपैयाँ बढी माइलाले आफ्नै भएभरको सम्पत्तिबाट जुटाएर खर्च गरेको बताए ।

अवस्था विग्रदै गएपछि केही दिनबाट उनको मृगौलाको डायलासिस शुरु भएको छ । चिकित्सकले जति सक्दो चाँडो पैसा जुटाएर मृगौला फेर्ने सल्लाह दिएकाले पैसाको अभावमा उनी चिन्तित बनेका छन्  । ‘मृगौला नफेरि म बाँच्दिनँ त्यसका लागि पैसा चाहिन्छ, पैसा छैन’( माइलाले भने( ‘मेरो जीवन तपाइहरुको हातमा छ, सहयोग जुटाएर बचाइदिनुहोस् ।’

मृगौला दान गर्ने मान्छे नभेटिएको अवस्थामा फेर्नको लागि १५ लाख रुपैयाँ खर्च हुने बताइएको छ । उनी अहिले मृगौला दानका लागि आफन्तजनलाई हारगुहार गरिरहेका छन् भने रकम जुटाउनका लागिसमेत सहयोगको याचना गरिरहेका छन् । लामो समय यातायात चालक भई मजदुरी गर्दै आएका उनी पछिल्लो समय बिर्तामोड नगरपालिकाको बारुण यन्त्र कर्मचारी थिए । विरामले थलिएपछि त्यो काम समेत उनले छाडे्का छन् । नेपाली कांग्रेसका सक्रिय सदस्य माइला तरुण दल बिर्तामोडका सल्लाहकार हुन् ।

यसैबीच सामाजिक क्षेत्रमा क्रियाशील लोकबन्धु कन्दङ्वा, मदन गोपाल सुब्बा लगायतको अगुवाईमा ‘खड्ग लिम्बू माइला बचाउ समिति’ बनाएर अभियान शुरु गरिएको छ । बुधवार माइलाकै निवासमा भेला भएका सामाजिक अगुवाहरुले उनको जीवन बचाउनका लागि लक्ष्मण खड्काको संयोजकत्वमा समिति गठन गरेका हुन् । समितिको सचिवमा मदन गोपाल सुब्बा र कोषाध्यक्षमा धनराज योङहाङ रहेका छन् ।

सदस्यहरुमा राजु आचार्य अग्नि, सञ्चार नेम्वाङ, लोकबन्धु कन्दङवा, भोजराज सिटौला, राजेन्द्र थापा, गोपी गिरी, प्रकाश शिवाकोटी, राजु कन्दङवा, सजेश शिवाकोटी, बलदेव गोम्देन, टेकबहादुर सुब्बा, एकराज उप्रेती, कुमार भट्टराई, टेकराज तिलिङ, उमेश डालमिया, नगेन्द्र बस्नेत, तुलाराम गुरुङ, ठगबहादुर खड्का, लाजेहाङ साम्यु र अप्रोच खान रहेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट