२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित, कुन जिल्लामा कति ?

२०७८, ४ जेष्ठ मंगलवार १४:२४

जेठ ४, काठमाडौं । पछिल्लो २४ घन्टामा आठ हजार २०३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २० हजार २८६ पिसिआर परीक्षण गर्दा आठ हजार १३६ र ६९३ एन्टिजिन परीक्षण गर्दा ६७ मा सङ्क्रमण पुष्टि भएको हो । 

सो अवधिमा  सङ्क्रमणबाट १९६ को ज्यान गएको छ भने छ हजार ८९१ सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमित सङ्ख्या एक लाख १४ हजार ५२९ पुगेको छ । आज काठमाडाँैमा दुई हजार ४९ मा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३६५ र भक्तपुरमा २२१ संक्रमित थपिएका छन् । काठमाडौंमा सक्रिय सङ्क्रमित २७ हजार ३३९, ललितपुरमा छ हजार ९९० र भक्तपुरमा चार हजार ९१६  छन् ।  ती मध्ये एक हजार ५९० जनाको आइसियू र ३९० का भेन्टिलेरटमा उपचार भइरहेका मन्त्रालयले जनाएको छ । 

४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित

पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन् । 


यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ ।  सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी गरिएपनि सङ्क्रमण दर घट्न सकेको छैन । 

नेपालमा हालसम्म चार लाख ७२ हजार ३५४ मा सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ६१.७२ प्रतिशत अर्थात दुई लाख ९१ हजार ५३३ पुरुष र ३८.२८ प्रतिशत अर्थात एक लाख ८० हजार ८२१ महिला छन् । सङ्क्रमितमध्ये तीन लाख ५२ हजार ४१४ सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेको दर ७४.६ प्रतिशत रहेको छ । हालसम्म कोरोनाबाट पाँच हजार ४११ ले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा