५ फागुन, झापा (सास) । दक्षिण एसियाली
खेलकुद (साग) फुटबलमा २३ वर्षपछि उपाधि उचालेको नेपाली टोलीलाई झापामा बुधबार भव्य स्वागत गरिएको छ
।
भारतको गुवाहटी भएको १२ औँ
सागमा सहभागी भएर नेपाली राष्ट्रिय फुटबल टीम बागडोरासम्म जहाजमा आएको थियो ।
पूर्व नाका काँकरभिट्टा हुँदै भद्रपुर
विमानस्थलसम्म बसमा टोली गएको थियो । भद्रपुर विमानस्थलबाट उनीहरु काठमाण्डौंको लागि उडेका थिए
।
उनीहरुलाई काँकरभिट्टामा जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा नागरिक अभिनन्दनसहित स्वागत
गरेको छ ।
खेलाडीहरुको स्वागतका लागि चोकचोकमा सयौं सर्वसाधारणको घुइँचो लागेको छ ।