२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको गाजियाबादमा कालो, सेतो र पहेंलो ढुसी संक्रमित पहिलो बिरामीे फेला

२०७८, १० जेष्ठ सोमबार १५:४८

जेठ १०, गाजियाबाद, उत्तर प्रदेश (रासस/एएनआई) । कोभिड–१९ को उपचारपछि निको भई घर फर्किएका वा घरमै बसी निको भएका कोभिड सङ्क्रमितमा कालो र सेतो ढुसी (फङ्गस)को समस्या भारतको धेरै राज्यमा देखिन थालेको छ । तर यस्ता व्यक्तिमा देखिएका जटिलताहरूमा उत्तर प्रदेशको गाजियाबाद जिल्लामा पहिलो पटक पहेंलो ढुसीको सङ्क्रमण भेटिएको सोमबार, यहाँका नाक कान घाँटी (इएनटी) विशेषज्ञ बीपी त्यागीले पुष्टि गर्नुभएको छ । 

त्यागीले भन्नुभयो, “बिरामीलाई पहेंलो ढुसीका साथै कालो र सेतो ढुसी पनि संक्रमण छ र हाल उक्त विरामीलाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ । विरामी ४५ बर्षीय संजय नगरका बासिन्दा भएको पनि स्वास्थ्य अधिकारीले जानकारी गराएका छन् । 

त्यागीका अनुसार ‘म्यूकोर सेप्टिकस’ (पहेंलो ढुसी) को लक्षणहरू निद्रा बढी लाग्ने भोक कम लाग्ने र तौलमा अस्वभाविक कमी आउनु रहेको पाइएको छ । 

“यो ढुसीको सङ्क्रमण बढ्दै जाँदा घाउबाट पीप बग्नु, घाउहरू निको हुन ढिलो हुनु, कुपोषण तथा इन्द्रियहरूले काम गर्न नसक्न हुने बताइएको छ । 

‘नेक्रोसिस’को कारण सुनिएको आँखा वा जीवित तन्तुमा कोषहरूको काम नगर्ने (कोषहरूको मृत्यु) हुने देखिएको छ,” नाक, कान, घाँटी विशेषज्ञ त्यागीले बताउनुभयो ।

“पहेंलो ढुसी एक घातक रोग हो किनभने यो आन्तरिक रूपमा सुरु हुन्छ त्यसैले यसका लक्षणहरू याद गर्नु महत्वपूर्ण छ । किनभने समयमा लक्षणहरूको ख्याल नगर्दा आउने समस्याले यस रोगको निधानमा धेरै कठिनाई देखिएको छ । धेरै जसो उपचारमा ढिलाइ हुन्छ र यस रोगको लागि एक मात्र उपचार एम्फोटेरासिन–बी इन्जेक्शन हो,” उहाँले थप्नुभयो ।

घरको चारैतिरको पर्खाल सफा गर्नु, यसलाई यथासक्दो सफा राख्नु र ब्याक्टेरिया र फङ्गसको बृद्धिलाई रोक्न मद्दत गर्नको लागि सकेसम्म चाँडो पुरानो खाना वा फोहोर आदिलाई समयमै व्यवस्थापन गर्नु अत्यन्त महत्वपूर्ण हुन्छ ।

घरको आर्द्रता पनि ढुसी सङ्क्रमणबाट बच्न महत्वपूर्ण छ त्यसैले यसलाई जहिले पनि मापन गर्नुपर्दछ । धेरै आर्द्रताले ब्याक्टेरिया तथा ढुसीलाई बृद्धि गर्न सक्छ । कोभिड बिरामीहरूको लागि यो उपचार चाँडै अपनाउनु अझ बढी महत्वपूर्ण छ । 

कालो, सेतो तथा पहेँलो ढुसी सङ्क्रमित बिरामीको रेखदेखकर्ताका अनुसार बिरामीको दुई महिनादेखि कोभिड–१९ को उपचार चलिरहेको थियो र उनको स्वास्थ्यमा सुधार भइरहेको देखिन्थ्यो तर पछिल्लो चार दिनमा बिरामीको अनुहारको एकपट्टि फुल्न थाल्यो जसले गर्दा विरामीको आँखा बन्द (खोल्न नसक्ने) भएको, नाकबाट रगत बग्नुका साथै पिशाबमा रक्तस्राव पनि सुरु भएको थियो । त्सपछि बिरामीलाई अस्पतालमा भर्ना गर्दा मेडिकल परीक्षणबाट पहेंलो ढुसी सङ्क्रमण पुष्टि भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा