२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै, हेर्नुहोस् खोप केन्द्र

२०७८, १२ जेष्ठ बुधबार ०६:५५

जेठ १२,  काठमाडौँ । गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जानकारी दिएको छ ।

बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ ।

आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार र शुक्रबार स्वास्थ्य कार्यालय, ललितपुरमा खोप लगाइनेछ । दोस्रो डोजका लागि पहिलो डोज लगाएको खोप कार्ड र आ–आफ्नो फोटोसहितको परिचय खुल्ने कागजात लिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा