२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

महासंघको सदस्यमा झापाकी भागिरथा निर्वाचित

२०७२, ८ फाल्गुन शनिबार ०५:३१

bhagiratha chapagainफागुन ८, विर्तामोड । बौद्धिक
अपाङ्गता अभिभावक महासंघ–नेपालको केन्द्रीय सदस्यमा पूर्वाञ्चल विकास क्षेत्रबाट कनकाई नगरपालिका–३,
सुरुंगाकी भागिरथा चापागाईं (शान्ता) निर्वाचित भएकी छिन् । गत बुधबार र विहीबार पोखरामा सम्पन्न
महासंघको तेस्रो महाधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएकी छिन् । चापागाईं सुस्त मनः स्थिति सरोकार
समाज–नेपाल, झापाकी अध्यक्ष हुन् ।

नवनिर्वाचित समितिको
अध्यक्षमा मुकुन्दहरि दाहाल, उपाध्यक्षमा गोकर्णप्रसाद आचार्य, महासचिव विश्वराज अधिकारी र सचिवमा
लक्ष्मी काफ्ले रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा राम नारायण श्रेष्ठ निर्वाचित भए ।

महासंघको सदस्य पदमा ८ जना सदस्यको कोटा रहेकोमा महिलातर्फ धनमाया तामाङ्ग
(धनकुटा) र शारदा पौडेल (धनगढी) विजयी भएका थिए । पूर्वाञ्चल विकास क्षेत्रबाट खुल्लातर्फ २८ मतसहित
चापागाईं निर्वाचित भइन् । उनका प्रतिद्वन्दी ऋषि सिंह (उदयपुर) ले २२ मत मात्र प्राप्त गरेका थिए ।
अन्य सदस्यहरुमा श्रीप्रसाद श्रेष्ठ, शशिबाबु पौडेल, कपिलमणि हुमागाईं, कुलप्रसाद ढकाल र राजु बस्नेत
रहेका छन् ।

सहरी विकास तथा भौतिक पूर्वाधार राज्यमन्त्री मञ्जु
चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नर्वेबाट प्रतिनिधि हेलेने टी स्टोम, नेपाल अपाङ्ग महासंघकी
टीका दाहाल, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै