९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

महासंघको सदस्यमा झापाकी भागिरथा निर्वाचित

८ फाल्गुन २०७२, शनिबार ०५:३१

bhagiratha chapagainफागुन ८, विर्तामोड । बौद्धिक
अपाङ्गता अभिभावक महासंघ–नेपालको केन्द्रीय सदस्यमा पूर्वाञ्चल विकास क्षेत्रबाट कनकाई नगरपालिका–३,
सुरुंगाकी भागिरथा चापागाईं (शान्ता) निर्वाचित भएकी छिन् । गत बुधबार र विहीबार पोखरामा सम्पन्न
महासंघको तेस्रो महाधिवेशनबाट उनी सदस्यमा निर्वाचित भएकी छिन् । चापागाईं सुस्त मनः स्थिति सरोकार
समाज–नेपाल, झापाकी अध्यक्ष हुन् ।

नवनिर्वाचित समितिको
अध्यक्षमा मुकुन्दहरि दाहाल, उपाध्यक्षमा गोकर्णप्रसाद आचार्य, महासचिव विश्वराज अधिकारी र सचिवमा
लक्ष्मी काफ्ले रहेका छन् । त्यस्तै, कोषाध्यक्षमा राम नारायण श्रेष्ठ निर्वाचित भए ।

महासंघको सदस्य पदमा ८ जना सदस्यको कोटा रहेकोमा महिलातर्फ धनमाया तामाङ्ग
(धनकुटा) र शारदा पौडेल (धनगढी) विजयी भएका थिए । पूर्वाञ्चल विकास क्षेत्रबाट खुल्लातर्फ २८ मतसहित
चापागाईं निर्वाचित भइन् । उनका प्रतिद्वन्दी ऋषि सिंह (उदयपुर) ले २२ मत मात्र प्राप्त गरेका थिए ।
अन्य सदस्यहरुमा श्रीप्रसाद श्रेष्ठ, शशिबाबु पौडेल, कपिलमणि हुमागाईं, कुलप्रसाद ढकाल र राजु बस्नेत
रहेका छन् ।

सहरी विकास तथा भौतिक पूर्वाधार राज्यमन्त्री मञ्जु
चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नर्वेबाट प्रतिनिधि हेलेने टी स्टोम, नेपाल अपाङ्ग महासंघकी
टीका दाहाल, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी लगायतले शुभकामना मन्तव्य राखेका थिए

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो