३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने

१९ जेष्ठ २०७८, बुधबार ०७:४७

जेठ १९, गोरखा (रासस)। बारपाक सुलिकोट गाउँपालिकाको बारपाकमा नौ श्यया क्षमतासहितको अस्थायी कोभिड अस्पताल सञ्चालन गरिने भएको छ । गाउँपालिकाले कोभिडका बिरामीको आपत्कालीन उपचारका लागि बारपाकमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्न लागेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । 

“सङ्क्रमितलाई आपत्कालीन उपचार गरिहाल्नुपर्ने अवस्था आए अन्यन्त्र सुविधा सम्पन्न अस्पतालमा पुर्याउनुअघि आवश्यक उपचारको व्यवस्था मिलाउनका लागि अस्थायी अस्पताल सञ्चालन गर्न लागिएको हो”, उहाँले भन्नुभयो, “अस्पतालमा चिकित्सक, स्टार्फ नर्स तथा हेल्थ असिस्टेन्टसहितको स्वास्थ्यकर्मीको टोली रहने गरी अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।”

बारपाकमा एकै ठाउँमा कोरोना सङ्क्रमणदर उच्च भएकाले पनि त्यहाँका नागरिकको स्वास्थ्य सुरक्षाका लागि अस्थायी कोभिड अस्पताल निर्माण नगरी नहुने अवस्था भएकाले गृहकार्य शुरु गरिएको अध्यक्ष भट्टको भनाइ छ । अस्थायी कोभिड अस्पताल निर्माणका लागि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई आवश्यक जनशक्ति उपलब्ध गराउन आग्रह गरिएको र केन्द्रले पनि केही जनशक्तिको उपलब्ध गराइसकेको अध्यक्ष भट्टले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित युरोप रोजगारको मागपत्र प्रमाणीकरण एक महिनाभित्रै सुरु हुने, व्यक्तिगत श्रमस्वीकृतिमा लगाम लगाइने दाउन्नेमा ट्राफिक व्यवस्थापन गर्न डेढ सय बढी सुरक्षाकर्मी परिचालन गृहमन्त्री लेखकले राजावादीको हिंसात्मक प्रदर्शन घटनामा संलग्नहरूलाई पक्राउ गर्ने क्रम जारी रहेको बताए उत्तरी चीनमा मानिसलाई घरभित्रै बस्न अपिल गरियो, वीरगन्जमा १७ जना बालकको उद्धार विष्णुप्रसाद पौडेलले एमालेलाई कमजोर बनाउने प्रतिक्रियावादीको योजना चिर्नु सबै कार्यकर्ताको दायित्व हो भने राजावादी आन्दोलनका क्रममा भएको क्षतिमध्ये पाँच करोड बराबरको बीमा दाबी दुर्गा प्रसाईंलाई १२ दिन थुनामा राखेर अनुसन्धान गर्ने केपी शर्मा ओलीले राजतन्त्रले जनताका लागि केही नगरेको टिप्पणी गरे उच्च अदालतको आदेश बदर गर्न माग गर्दै रविले हाले सर्वोच्च अदालतमा निवेदन गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानून नबनाइ छिट्टै हल गर्न सकिने बताए निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण पूर्वराजालाई संसदीय समिति बैठकमा बोलाउनुपर्ने जीवन परियारको माग भृकुटीमण्डपमा दुई-पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु सञ्चार तथा सूचना प्रविधिमन्त्रीले संविधान संशोधन, सुशासन र अर्थतन्त्र चलायमान बनाउने काम भइरहेको बताए तीन महिने शिशु बोकेर भागेकी युवती पक्राउ