२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खोज पत्रकारिता प्रशिक्षण सुरु

१२ फाल्गुन २०७२, बुधबार ०८:००

फागुन १२,
बिर्तामोड । 
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तीन
दिने खोज पत्रकारिता प्रशिक्षण आज बुधवार बिर्तामोडमा शुरु भएको छ ।

प्रेस स्वतन्त्रतताका लागि पत्रकार सुरक्षा, सामाजिक न्यायसहितको व्यवसायिक पत्रकारिता भन्ने
नाराका साथ आयोजना गरिएको खोज पत्रकारिता प्रशिक्षण उद्घाटन समारोहका अतिथिले समाचार सामग्री तथ्य परक र
खोजमुलक हुनुपर्ने र त्यस्ता सामग्री मात्र सम्प्रेषणयाग्य हुने बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले प्रमुख अतिथिको
तर्फबाट उद्घाटन गरेको समारोह महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको थियो ।

विभिन सञ्चारमाध्यममा आवद्ध झापामा क्रियाशील ४० जना पत्रकारको सहभागिता
रहेको प्रशिक्षणको सहजीकरण बरिष्ठ खोज पत्रकार हस्त गुरुङले गरिरहेको महासंघ झापाका सचिव एकराज गिरीले
जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी
अधिकृत रविन्द्र वस्ती, महासंघ झापाका सल्लहकार तीर्थ सिग्देल, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल,
प्रेस युनियनकी उपाध्यक्ष इन्दू पूर्वेली, क्रान्तिकारी पत्रकार संघकी उपाध्यक्ष डण्डीराज घिमिरे,
फोनिजका अध्यक्ष गणेशमान मुखिया, संघीय प्रेस फोरमका अध्यक्ष दिनेशराज नेम्वाङले शुभकामना व्यक्त गरेको
महासंघका कोषाध्यक्ष प्रेम आचार्यले जानकारी दिए ।

उपाध्यक्ष
तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए । प्रशिक्षण शुक्रवार
सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का