२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा खोज पत्रकारिता प्रशिक्षण सुरु

२०७२, १२ फाल्गुन बुधबार ०८:००

फागुन १२,
बिर्तामोड । 
नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र बिर्तामोड नगरपालिकाको सहयोगमा तीन
दिने खोज पत्रकारिता प्रशिक्षण आज बुधवार बिर्तामोडमा शुरु भएको छ ।

प्रेस स्वतन्त्रतताका लागि पत्रकार सुरक्षा, सामाजिक न्यायसहितको व्यवसायिक पत्रकारिता भन्ने
नाराका साथ आयोजना गरिएको खोज पत्रकारिता प्रशिक्षण उद्घाटन समारोहका अतिथिले समाचार सामग्री तथ्य परक र
खोजमुलक हुनुपर्ने र त्यस्ता सामग्री मात्र सम्प्रेषणयाग्य हुने बताए ।

पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पूर्वाञ्चल संयोजक गणेश पोखरेलले प्रमुख अतिथिको
तर्फबाट उद्घाटन गरेको समारोह महासंघ झापाका अध्यक्ष भीम नेम्वाङको अध्यक्षतामा भएको थियो ।

विभिन सञ्चारमाध्यममा आवद्ध झापामा क्रियाशील ४० जना पत्रकारको सहभागिता
रहेको प्रशिक्षणको सहजीकरण बरिष्ठ खोज पत्रकार हस्त गुरुङले गरिरहेको महासंघ झापाका सचिव एकराज गिरीले
जानकारी दिए ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यकारी
अधिकृत रविन्द्र वस्ती, महासंघ झापाका सल्लहकार तीर्थ सिग्देल, प्रेस चौतारीका अध्यक्ष मुक्ति पौडेल,
प्रेस युनियनकी उपाध्यक्ष इन्दू पूर्वेली, क्रान्तिकारी पत्रकार संघकी उपाध्यक्ष डण्डीराज घिमिरे,
फोनिजका अध्यक्ष गणेशमान मुखिया, संघीय प्रेस फोरमका अध्यक्ष दिनेशराज नेम्वाङले शुभकामना व्यक्त गरेको
महासंघका कोषाध्यक्ष प्रेम आचार्यले जानकारी दिए ।

उपाध्यक्ष
तारामणि सापकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गिरीले गरेका थिए । प्रशिक्षण शुक्रवार
सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु