साउन २८, गोरखा । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । 

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, गोरखा । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । 

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मालपोत प्रमुखमाथि मानहानि मुद्दा

२०७३, २८ श्रावण शुक्रबार ०९:०१

साउन २८, गोरखा । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । 

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । 

सो मुद्दाउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठले भण्डारीमाथि १५ दिने म्याद जारी गर्नुभएको छ । निवेदकको मागदाबीअनुसार आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश गरिएको अदालतले जनाएको छ । मिरकोट–५ को ३७ रोपनी जग्गाको विषयमा मिरकोट–५ की हमालले सोही ठाउँका मोहन अधिकारीविरुद्ध मुद्दा दिनुभएको थियो । 

जिल्ला अदालतले गत २०७१ मङ्सिर १७ मा हमालको नाममा सो जग्गा नामसारी गर्न फैसला गरेको थियो । सोही मुद्दाउपर पुनरावेदन अदालतले गत जेठ ९ गते हमालको पक्षमा फैसला गरेको थियो । सोहीअनुसार अन्तिम आदेश पाउन हमालले गत असार २६ गते निवेदन दिनुभएको थियो । अदालतले पनि सोही दिनमा मालपोत कार्यालयलाई आदेश कार्यान्वयन गराउन पत्र पठाएको थियो । तर एक महिनासम्म पनि मालपोत कार्यालयले आलटाल गरेपछि हमालले अदालतलाई मानहानि हालेकाले भण्डारीउपर सजाय माग गर्दै मुद्दा दायर गर्नुभएको हो । 

मुद्दामा मालपोत अधिकृत भण्डारीले अनावश्यक हप्कीदप्की गरेको ब्यहोरासमेत उल्लेख गरिएको छ । जिल्ला अदालतको मानहानि गरेको ठहरेमा एक महिना कैद, रु एक हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते