साउन २८, गोरखा । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । 

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २८, गोरखा । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । 

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्"/>

२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

मालपोत प्रमुखमाथि मानहानि मुद्दा

२८ श्रावण २०७३, शुक्रबार ०९:०१

साउन २८, गोरखा । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । 

मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । 

सो मुद्दाउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठले भण्डारीमाथि १५ दिने म्याद जारी गर्नुभएको छ । निवेदकको मागदाबीअनुसार आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश गरिएको अदालतले जनाएको छ । मिरकोट–५ को ३७ रोपनी जग्गाको विषयमा मिरकोट–५ की हमालले सोही ठाउँका मोहन अधिकारीविरुद्ध मुद्दा दिनुभएको थियो । 

जिल्ला अदालतले गत २०७१ मङ्सिर १७ मा हमालको नाममा सो जग्गा नामसारी गर्न फैसला गरेको थियो । सोही मुद्दाउपर पुनरावेदन अदालतले गत जेठ ९ गते हमालको पक्षमा फैसला गरेको थियो । सोहीअनुसार अन्तिम आदेश पाउन हमालले गत असार २६ गते निवेदन दिनुभएको थियो । अदालतले पनि सोही दिनमा मालपोत कार्यालयलाई आदेश कार्यान्वयन गराउन पत्र पठाएको थियो । तर एक महिनासम्म पनि मालपोत कार्यालयले आलटाल गरेपछि हमालले अदालतलाई मानहानि हालेकाले भण्डारीउपर सजाय माग गर्दै मुद्दा दायर गर्नुभएको हो । 

मुद्दामा मालपोत अधिकृत भण्डारीले अनावश्यक हप्कीदप्की गरेको ब्यहोरासमेत उल्लेख गरिएको छ । जिल्ला अदालतको मानहानि गरेको ठहरेमा एक महिना कैद, रु एक हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला