१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिस ग्राण्ड झापा–२०१६ हुँदै

१८ फाल्गुन २०७२, मंगलवार १५:११

miss grand press meetफागुन १८, झापा (सास) । किशोरीहरुको अन्तरनिहित प्रतिभालाई
प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले मिस ग्राण्ड झापा–२०१६ गर्न
लागिएको छ ।

मंगलबार विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी
ग्रिसा एण्ड कम्पनीको ब्यानरमा यो ‘ट्यालेन्ट सो’ हुन लागेको जानकारी दिइएको हो ।

प्रतियोगिताको पहिलो अडिसन नारी दिवसको सन्दर्भ पार्दै यही फागुन २७ गते गर्ने
तयारी भएको आयोजक संस्थाका अध्यक्ष राज निरौलाले जानकारी दिए ।

प्रतिष्पर्धाको लागि अडिसनबाट २५ जनालाई छानिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भारतीय मोडल प्रियङ्का रोय र नेपाली मोडल सलिना थेबेले
कोरियोग्राफी गर्ने आयोजक संस्थाका सुरज खड्काले जानकारी दिए ।

प्रतियोगितामा शीर्ष स्थान हाँसिल गर्नेलाई नगदसहितको अन्य विभिन्न आकर्षक पुरस्कार राखिएको र
शीर्ष १० स्पर्धीलाई ‘सब–टाइटल’ को पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक दिपेन चौधरीले जानकारी दिए

कुल ७ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम
ग्ल्यामर प्रतिको नकारात्मक दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक
संस्थाकी जयन्ती आचार्यले बताइन् ।

प्रतियोगिताको फाइनलमा अनमोल
के.सी. र इन्दिरा जोशीलाई उपस्थित गराउने गरी तयारी भइरहेको आयोजकले जनाएको छ ।

कार्यक्रमको सफलताको लागि अहिले संस्थाको तर्फबाट सोनिका भण्डारी, ज्योति अग्रवाल,
भाष्कर सिटौला, पवन खतिवडा लगायतको टोली खटिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु