२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मिस ग्राण्ड झापा–२०१६ हुँदै

१८ फाल्गुन २०७२, मंगलवार १५:३२

miss grand press meetफागुन १८, झापा (सास) । किशोरीहरुको अन्तरनिहित प्रतिभालाई
प्रस्फुटित गराउँदै महिला हिंसाको विरुद्धमा सचेतना समेत जगाउने उद्देश्यले मिस ग्राण्ड झापा–२०१६ गर्न
लागिएको छ ।

मंगलबार विर्तामोडमा पत्रकार भेटघाटको आयोजना गरी
ग्रिसा एण्ड कम्पनीको ब्यानरमा यो ‘ट्यालेन्ट सो’ हुन लागेको जानकारी दिइएको हो ।

प्रतियोगिताको पहिलो अडिसन नारी दिवसको सन्दर्भ पार्दै यही फागुन २७ गते गर्ने तयारी
भएको आयोजक संस्थाका अध्यक्ष राज निरौलाले जानकारी दिए ।

प्रतिष्पर्धाको लागि अडिसनबाट २५ जनालाई छानिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा भारतीय मोडल प्रियङ्का रोय र नेपाली मोडल सलिना थेबेले
कोरियोग्राफी गर्ने आयोजक संस्थाका सुरज खड्काले जानकारी दिए ।

प्रतियोगितामा शीर्ष स्थान हाँसिल गर्नेलाई नगदसहितको अन्य विभिन्न आकर्षक पुरस्कार राखिएको र
शीर्ष १० स्पर्धीलाई ‘सब–टाइटल’ को पनि व्यवस्था गरिएको कार्यक्रम संयोजक दिपेन चौधरीले जानकारी दिए

कुल ७ लाख ८८ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रम ग्ल्यामर प्रतिको नकारात्मक
दृष्टिकोटलाई चिर्ने र प्रतिभाको खोजी गर्ने उद्देश्यले आयोजना गरिएको आयोजक संस्थाकी जयन्ती आचार्यले
बताइन् ।

प्रतियोगिताको फाइनलमा अनमोल के.सी. र इन्दिरा जोशीलाई उपस्थित गराउने गरी तयारी भइरहेको
आयोजकले जनाएको छ ।

कार्यक्रमको सफलताको लागि अहिले संस्थाको तर्फबाट
सोनिका भण्डारी, ज्योति अग्रवाल, भाष्कर सिटौला, पवन खतिवडा लगायतको टोली खटिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का