२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

बाढीको उच्च जोखिममा जनप्रिय मावि

२०७८, ८ श्रावण शुक्रबार ०७:४५

साउन ८, मनाङ (रासस)। गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ । 

लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उहाँहरुको भनाइ छ ।  

बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोटरेबल पुलमा अड्किएर बस्तीतर्फ कटान गरेपछि विद्यालय उच्च जोखिममा परेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि विद्यालयमा बढी क्षति पुगेको उहाँले बताउनुभयो । 

चामेका चार विद्यालयलाई गाभेर आवाससहितको एउटा मात्रै जनप्रिय मावि बनाइएको थियो । विद्यार्थीलाई सहज बनाउनका लागि आवासीय बनाए पनि जनप्रिय बाढीको उच्च जोखिममा रहेकाले समस्या थपिएको उहाँले बताउनुभयो । भौतिक संरचनाले नै व्यवस्थित बनाएको विद्यालय जोखिममा पुगे पनि सरकारको चासो अझैसम्म नपुगेको उहाँ बताउनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय