२४ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

बाढीको उच्च जोखिममा जनप्रिय मावि

८ श्रावण २०७८, शुक्रबार ०७:४५

साउन ८, मनाङ (रासस)। गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि वर्षा हुनेक्रम जारी रहेकाले बाँकी रहेका संरचनामा क्षति भइरहेको छ । 

लगातारको वर्षाले गर्दा सदरमुकाम चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय मस्र्याङ्दी नदीमा आएको बाढीको चेपटामा परेको छ । बाढीले ल्याएको काठ, ढुङ्गा र बालुवा मोटरेबल पुलमा अड्किँदासमेत प्रशासनले हटाउने प्रयास नगर्दा बस्तीतर्फ कटान भएको स्थानीयवासीको गुनासो छ । विपद्को अवस्थामा समेत विपद् व्यवस्थापन समितिले चासो नदिँदा बस्तीतर्फ बाढी पसेको उहाँहरुको भनाइ छ ।  

बाढीसँगै आएको काठ, ढुङ्गा र बालुवा चामेको मोटरेबल पुलमा अड्किएर बस्तीतर्फ कटान गरेपछि विद्यालय उच्च जोखिममा परेको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । बाढीले बस्तीतर्फ कटान गर्न थालेपछि विद्यालयमा बढी क्षति पुगेको उहाँले बताउनुभयो । 

चामेका चार विद्यालयलाई गाभेर आवाससहितको एउटा मात्रै जनप्रिय मावि बनाइएको थियो । विद्यार्थीलाई सहज बनाउनका लागि आवासीय बनाए पनि जनप्रिय बाढीको उच्च जोखिममा रहेकाले समस्या थपिएको उहाँले बताउनुभयो । भौतिक संरचनाले नै व्यवस्थित बनाएको विद्यालय जोखिममा पुगे पनि सरकारको चासो अझैसम्म नपुगेको उहाँ बताउनुहुन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि रास्वपाको जनयात्रा सुरु थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन्ः प्रधानमन्त्री एम्बुलेन्सबाट लागुऔषध ओसार-पसार, ९४ हजार ट्रामाडोल बरामद आज चैत्र शुक्ल अष्टमी: चैते दसैँ तीनकुने घटनाको छानबिन जारी छ: आयोग मध्यरातमा रास्वपाको बैठकले गर्यो बिभिन्न चार निर्णय रवि लामिछानेलाई पक्राउ गर्न गएका डिएसपीले अन्तिम इच्छा भनेपछि… रास्वपाको चितवनमा हुने ‘जनयात्रा उद्घाटन’ नरोकिने, नेताहरु चितवन जाँदै तनहुँको भानुमा बस दुर्घटना ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु अफर ल्याउँदा अनियन्त्रित भिड जम्मा भएपछि अल्टिमाको साइनबोर्ड प्रहरीले हटायो प्रधानमन्त्री ओलीले भेटे बैँककमा भारतीय प्रधानमन्त्री मोदीलाई आइतबार सार्वजनिक बिदा म्याद नाघेका अश्रुग्यास प्रहार नभएको आईजीपी थापाको दावी तीनकुने घटनामा सरकारको पूर्वतयारी के थियो ? माओवादी सांसद पाण्डेको प्रश्न जनमोर्चाका अध्यक्ष चित्रबहादुरले गणतन्त्र र लोकतन्त्र सुरक्षित छैन, सबै चनाखो हुनुपर्ने बताए कुलमानले म हतोत्साहित र उत्तेजित भएको छैन भने नवलपुरका किशोरीहरुले मुख्यमन्त्रीलाई बुझाए ध्यानाकर्षण पत्र आज काठमाडौँमा वायु प्रदूषण घट्यो सुनचाँदीको मूल्य एकैदिन धेरै अन्तरले घट्यो