गौरव पोखरेल/साउन ३१, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलित भएका छन् । 

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल/साउन ३१, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलित भएका छन् । 

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम्"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका चिया मजदुर आन्दोलित

३१ श्रावण २०७३, सोमबार ०६:५२

गौरव पोखरेल/साउन ३१, झापा । राजपत्रमा उल्लेख गरिए बमोजिमको ज्यालाको माग गदै दक्षिणी झापाको कुमरखोदमा रहेको कुवाडी देवी टी स्टेटका २ सय मजदुर आन्दोलित भएका छन् । 

एक महिना अघि सञ्चालक सुरेश अग्रवालले कामदारलाई सरकारले तोकेको न्यूनतम् ज्याला प्रतिदिन २ सय ५३ रुपैयाँ दिने निर्णय गरे पनि हालसम्म लागू नभएको भन्दै उनीहरुले शनिबारदेखि आन्दोलन शुरु गरेका हुन् । 

अहिले उनीहरु उद्योग नै बन्द गरेर धर्ना दिइरहेका छन् । हाल यस चिया बगानमा ४० जना स्थायी तथा १ सय ६० अस्थायी मजदुर छन् । 

‘पहिले सबैलाई न्यूनत पारिश्रमिक  दिने सहमति भएको थियो’, मजदुर नेता जगत पौडेलले भने, ‘तर, बगानका स्थायी कर्मचारीलाई मात्र न्यूनतम् ज्याला दिइयो ।’ 

उनले २० वर्षमुनिका कामदारलाई त्यसको पनि आधि ज्याला दिएर चर्को श्रम शोषण गरेको आरोप समेत लगाएका छन् । 

मजदुरको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने उनले बताए । 

दक्षिणी झापाको कुमरखोदमा रहेको यो चिया बगान ५ सय ५० विगाह क्षेत्रफलमा फैलिएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला