2026-09-12 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हनी ट्र्याप’मा पारेर १८ लाख लिने पक्राउ

न्युज कारखाना | असोज ३, दाङ | दाङ प्रहरीले आपराधिक लाभ (एक्सटर्सन) कसुरमा तीन जना महिलालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको छ ।

कानुनी परामर्शको नाममा होटेलमा बोलाई बियर र चिया खाएकै भरमा जबर्जस्ती करणीको आरोप लगाएर ती महिलाहरूले एक पुरुषसँग बार्गेनिङ गरेको पाइएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको जानकारी िदएको छ ।

५० लाख रुपैयाँबाट बार्गेनिङ गरेर १८ लाख रुपैयाँमा कुरा मिलाई आपराधिक रूपमा रकम असुल गरेको पाइएपछि तीन जना महिलालाई पक्राउ गरी कानुनी कारवाही सुरु गरिएको दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

‘हनी ट्र्याप’मा पारेर पैसा असुल्ने ती महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याएका छौँ’, उनले भने, ‘अनुसन्धानले उनीहरूले पैसा असुल गरेको पुष्टि पनि भएको छ ।’

रिजालले पुरुषहरूलाई ‘हनी ट्र्याप’मा पारेर रकम असुल गर्ने घोराही उपमहानगरपालीका- १५ निवासी ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र घोराही- ५ निवासी ३२ वर्षीया सुष्मा परियार रहेको बताए ।

पक्राउ परेकामध्ये सीतादेवी थापा बस्दै आएको डेराबाट ७ असारमा पीडितलाई धम्की दिई पीडितबाट लिएको १७ लाख रुपैयाँको सिभिल बैंकको चेक एक थान बरामद भएको र नगद एक लाख रुपैयाँ थापाले ब्याजमा लगाइसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । प्रहरीले पीडकको साथबाट चेक र तमसुक पनि बरामद गरेको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन)सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेकाले सोही दफाको उपदफा ३ (ख)बमोजिम व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्‍याउने वा चरित्रमा झूटो दोष लगाउने नियतले डर, त्रास देखाई आपराधिक लाभ लिएमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिमाना हुने कानुनी प्रावधान रहेको हुँदा उनीहरुलाई सोहीअनुसार अदालतमा मुद्दा दर्ता गरिएको रिजालले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस