२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कैलालीमा एकै दिन सात प्रतिवादी पक्राउ

२०७८, १८ आश्विन सोमबार ०३:२८

असोज १८, काठमाडौं | कैलाली प्रहरीले एकै दिन विभिन्न मुद्दाका सातजना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । बलात्कार, लागुऔषध, वन मुद्दाका फरार प्रतिवादीलाई आइतबार विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरहेको हो ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका–१ का विनोद चौधरी छन् । कैलाली जिल्ला अदालतले चौधरीविरुद्ध बलात्कार मुद्दामा तीन वर्ष ११ महिना पाँच दिन कैद सजाय तोकेको थियो । चौधरी २० भदौ २०७५ देखि फरार थिए । पक्राउ पर्ने अर्का बर्दगोरिया गाउँपालिका–६ का २२ वर्षीय अशोक चौधरी छन् ।

उनीविरुद्ध पनि कैलाली जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो । चौधरी २१ असार २०७२ देखि फरार  थिए । यस्तै आगुऔषध मुद्दामा जिल्ला अदालतबाट ५०० रुपैयाँ जरिमानाको फैसला सुनाइएका धनगढी उप–महानगरपालिका–१ का शत्रुजित जोशीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी १२ बैशाख २०६६ देखि फरार थिए ।


पक्राउ परेका सबैलाई प्रहरीले जिल्ला अदालतमा पेस गरेको प्रहरी नाउव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।  अन्य पक्राउ पर्नेमा वन मुद्दाका फरार प्रतिवादीहरू धनगढी उप–महानगरपालिका १७ का १८ वर्षीय अमन चौधरी, २९ वर्षीय कृष्ण राना, १८ वर्षीय अभिषेक चौधरी र ३० वर्षीय बब्लु राना छन् ।

उनीहरूले गत ८ साउनमा गौरीगंगा नगरपालिका–६ मा बिना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरेको थियो । उनीहरू सबैलाई प्रहरीले आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ