Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा बस दुर्घटना, सहचालकको मृत्यु , २१ जना घाइते

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ७, दाङ | दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो ।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दुर्घटना परेको थियो । दुर्घटनामा परेर २८ वर्षकाका घोराही-१० घर भएका सहचालक परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना जना घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको साहयताले उद्धार गरिएको थियो । उद्धार गरेर  अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।