२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

फेसबुकमा जनप्रतिनिधिको आलोचना गर्दा वडाको सेवा नै प्रतिबन्ध

२०७८, २७ कार्तिक शनिबार ०१:५६

कात्तिक २७, दाङ | सल्यानको बागचौर नगरपालिका-४ का वडाध्यक्ष प्रेमबहादुर पुनले अनौठो निर्णय लिएका छन् । आफ्नो र वडाको आलोचना गरेको भन्दै उनले स्थानीय दिलबहादुर केसीलाई सेवा बञ्चित गरेका हुन् । 

'केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत वडाध्यक्ष र वडा सदस्य लगायत जनप्रतिनिधिहरुलाई ‘छोटे राजा’को संज्ञा दिएको हुँदा उनलाई वडाबाट दिइने सेवा सुविधानबाट बञ्चित गरिएको छ । केसीले कमजोरी नसच्याउँदासम्म वडाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुमा प्रतिबन्ध लगाइएको छ.' वडाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पुन नेकपा माओबादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्  भने केसी पनि माओवादी केन्द्रकै कार्यकर्ता हुन् ।

के हो घटना ? 

घटना बिवाहसँग जोडिन्छ । केसीका भाइले सात महिना अघि गाउँकै एक जना वर्षीया किशोरीसँग बिवाह गरेका थिए । किशोरी सोही वडाका वडा सदस्यका आफन्त हुन् ।

तर आफ्ना भाइविरुद्ध बलात्कारको मुद्दामा फसाउने षड्यन्त्र भएको भन्दै केसी वडासँग रुष्ट भएका थिए । ‘विवाह भएको कुरा वडाध्यक्ष लगायत सबैलाई थाहा थियो । विवाह हुँदा नखोज्ने तर सात महिनापछि बलात्कारको मुद्दा हाल्न लगाउनु कति जायज हो,’ केसीले भने ।

कानुनी रुपमा २० बर्षभन्दा कम उमेरमा विवाह गर्न पाइँदैन । तर, सांस्कृति रुपमा विवाह सम्पन्न भइसकेपछि कसैलाई फसाउन खोज्नु गलत भएको केसीले दाबी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो