२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

हत्या आरोपमा एक किशोर दमकबाट पक्राउ !

३ पुष २०७८, शनिबार ०९:२२

पुस ३, काठमाडौँ | धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लिम्बूले गत मंसिर २९ गते दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ वर्षीय तेजप्रकाश पराजुलीलाई धाराबाट पानी लिई पसलतर्फ फर्कने क्रममा धारिलो हतियार प्रहार गरेका थिए । उनको उपचारका क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो । 

यही पुस १ गते लिम्बूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा रिसइवीको कारणले हतियार प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार दाउ एक थान, झोला, कालो रङ्गको जुत्ता र अन्य कपडा प्रहरीले बरामद गरेको छ । 

पक्राउ परेका लिम्बूलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ