२०८३, २३ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्तला किसानलाई क्यारेड वितरण, भण्डारणमा सजिलो हुने दाबी

२०७८, २२ पुष बिहीबार ०४:५०

पुस २२, काठमाडौँ | केआइसिंह गाउँपालिका–४ का सुन्तला खेती गर्दै आएका किसानलाई सुन्तला राख्न र जोख्नका लागि क्यारेड तथा डिजिटल तराजु वितरण गरेको छ । कृषि ज्ञान केन्द्रले उक्त गाउँपालिका–४ बालाबनको कलारी कृषक समूहका २४ किसानलाई सो सामग्री वितरण गरेको हो । 

वर्षौंदेखि सुन्तलाखेती गर्दै आइरहेका यहाँका किसान उत्पादन भएका सुन्तला डोकामा बोकी बजारसम्म ल्याउने गरेका कारण धेरै जसो सुन्तला बिग्रने तथा डोकामा सुन्तला फुट्ने गरेका र तौलिँदा घाटा हुने गुनासो आएपछि ज्ञान केन्द्रले किसानको मागबमोजिम उक्त सामग्री वितरण गरेको कृषि ज्ञान केन्द्र प्रमुख नरेन्द्र पनेरुले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बालाबन राम्रो सुन्ताल उत्पादन हने क्षेत्र हो, सडक सुविधा नहुँदा किसानका सुन्तला बजारसम्म डोकोमा लैजाँदा बिग्रिने र नोक्सान हुने समस्या भएपछि हामीले घरैमा सुन्तला जोख्नका लागि तराजु र सुन्तला राख्न क्यारेड दिएका छौँ, अब सुन्तला बिग्रिँदैन ।” कृषि ज्ञान केन्द्रले दिएका तराजु र क्यारेड पाएपछि अहिले यहाँका किसान खुसी भएका सुन्तला किसान रामसिंह धामीले बताउनुभयो । बलाबन गाउँपालिकाभरिकै सुन्तला पकेट क्षेत्रका रुपमा चिनिने गरेको छ । यस क्षेत्रमा कम्तीमा पनि ५०० देखि ६०० सम्म सुन्तलाका बोट रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिम एसिया युद्ध तत्काल र पूर्ण रूपमा अन्त्य गर्न चीनको आह्वान कीर्तिपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या पहिले प्रधानमन्त्रीले यस्तै गर्दा हामीले रोक्न सक्यौँ तर अहिले सकेनौँ किनकि त्यो अध्यादेश बनेर गयो: गगन थापा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पाँच जना पक्राउ बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा कांग्रेस संसदीय दलको बैठक जारी प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक एमाले अध्यक्ष ओलीले आज सुदूरपश्चिम प्रदेशका सांसदहरुसँग छलफल गर्दै गगन थापाले पार्टीका तर्फबाट सांसदहरूलाई प्रशिक्षण दिने सुनचाँदीको मूल्य बढ्यो बीपी राजमार्गमा राति सवारी चलाउन रोक विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ सुकुम्बासी बस्ती खाली गराउँदाको विवरण झिकाउन सर्वोच्चको आदेश वैशाख २८ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिस मन्त्रिपरिषद् बैठक जारी राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका मुख्य राजमार्ग अवरुद्ध नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु बागमती खोला तर्ने क्रममा अचानक आएको भेलले बगाउँदा एक जनाको मृत्यु