पुस २२, तुलसीपुर (रासस)। इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔष"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २२, तुलसीपुर (रासस)। इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔष"/>
2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बढे लागुऔषध कोरोबारी

पुस २२, तुलसीपुर (रासस)। इलाका प्रहरी कार्यालयको हिरासत कक्षमा लागुऔषधका कारोबारी बढेका छन्   । तुलसीपुरमा लागुऔषध कारोबार व्यापक हुन थालेकाले यसलाई नियन्त्रण गर्न मुख्य प्राथमिकता दिइएकाले  हिरासतमा २४ लागुऔषध कारोबारी पुगेका  छन् ।

“हामीले लागुऔषध कारोवार नियन्त्रणलाई नै प्राथमिकता दिएका छौँ”, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भन्नुभयो, “अहिलेसम्म हामीले २४ जनालाई नियन्त्रणमा लिएका छौँ ।” 

साठी जनालाई राख्न सक्ने क्षमता भएको हिरासतमा अहिले ३७ जना रहेका र  तीमध्ये २४ लागुऔषध कोरोबारी र १३ अन्य मुद्दाका छन् भन्दै  उहाँले लागू औषध प्रयोगकर्तालाई पनि पक्रेर ल्याउने हो भने हिरासतले थेग्न नसक्ने अवस्था छ । तुलसीपुरमा प्रयोगकर्ताको सङ्ख्या निकै रहेको कार्यलय प्रमुखसमेत रहनुभएकमा प्रहरी नायब उपरीक्षक  अर्यालको भनाइ थियो ।

सक्रिय बन्दै प्रहरी

तुलसीपुरको अस्तित्व जोगाउन  यहाँका बासिन्दा र प्रहरी सक्रिय छन् । इलाका प्रहरी कार्यालयले आफ्नो सक्रियतालाई तीव्र पारेका उहाँले जानकारी दिनुभयो । “हाम्रो चुनौती भनेको लागुऔषध नियन्त्रण नै हो”, प्रमुख अर्यालले भन्नुभयो, “हामीले सबैभन्दा बढी प्राथमिकतामा  लागुऔषध ओसारपसार तथा सेवनलाई   न्यूनीकरण गर्ने अभियान नै चलाएका छौँ ।”

सबैभन्दा बढी समय नै यसलाई दिइएको छ भन्दै उहाँले  यहाँ  आएको छ महिनामा तीनवटा डिलरसमेत समात्न सफल भएको जानकारी दिनुभयो । “हामीले अहिलेसम्म तीनवटा डिलर समात्न सफल भएका छौँ”, प्रमुख अर्यालले भन्नुभयो, “अझै तुलसीपुरमा दुई÷तीनवटा डिलर भएको सूचना आएको छ, त्यसलाई पनि समात्नका लागि प्रयास गरिरहेका छौँ ।”

तुलसीपुरमा प्रयोगकर्ता अत्यधिक भएकाले ओसारपसार पनि त्यत्तिकै हुने गरेको र  सबैभन्दा धेरै १५ देखि २० वर्षसम्मका युवा यस्तो लतमा फसेकाले अभिभावक सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “अभिभावकलाई पनि आफ्नो सन्तान दुव्र्यसनमा फसेको थाहा हुन्छ, तर सन्तानलाई सुधार गर्न त्यति ध्यान नदिएको पाइएको छ”, प्रमुख अर्यालले भन्नुभयो, “यसले उनीहरुको भविष्य नै डामाडोल हुनसक्छ, त्यसैले अभिभावकहरु पनि अलि चनाखो बन्नुपर्छ ।”

अभिभावकले बेलैमा ध्यान नदिँदा बालबालिका कुलतमा फस्ने र अपराधमा पनि सम्लग्न हुने गरेका छन् । एक प्याकेट ब्राउनसुगर ५० देखि ७० मिलीग्रामसम्म हुन्छ । त्यसलाई रू एक हजारदेखि रू १५ सयसम्म पर्छ । त्यसको लतमा फसेपछि दैनिक खानुपर्ने नखाएमा हात काप्नेसम्मको अवस्थामा पु¥याउने गर्छ । “एक प्रयोगकर्तालाई दैनिक नखाए के हुन्छ भनेर सोध्दा  उसले भन्यो, “एक दिन नखाए शरीर काप्न थाल्छ, अनि मेडिकलमा गएर अरुनै  लागुऔषध खरिद गरेर खान्छौँ भनी जवाफ दिए”, प्रहरी प्रमुख अर्यालले भन्नुभयो, “यदि आफूसँग पैसा भएन भने उनीहरूले अनेक बहाना बनाएर घरबाट पैसा माग्ने, ठग्ने र चोर्नेसमेत गरेको प्रयोगकर्ताले जवाफ दिएका थिए ।”

‘चुनौती पनि उत्तिकै छ’

ब्राउनसुगर कारोबारीलाई पक्राउ गर्न उत्तिकै चुनौती रहेको छ । ब्रउन सुगर सानो परिमाणको हुने र त्यसलाई लुकाउन निकै सहज हुने भएकाले हामीलाई प्रमाण पु¥याउन पनि निकै गाह्रो हुने र  कतिपय स्थानमा सूचना पाएर जाँदा प्रमाण भेट्टाउन नसक्ने अवस्था रहेको छ भन्दै उहाँले तुलसीपुरमा नेपालगञ्जतर्फबाट यस्ता पदार्थ आउने भएकाले त्यसक्षेत्रमा बढी निगरानी गरिरहेको बताउनुभयो । 

प्रयोगकर्तालाई कोठा नदिन अनुरोध 

प्रहरीले दुव्र्यसनीहरूलाई  कोठा नदिन होटल व्यवसायीहरूलाई अनुरोध गर्दै आएको छ । उनीहरुले अहिले होटललाई अखडा बनाउन थालेकाले त्यस्ता व्यक्तिलाई कोठा दिएमा होटल व्यवसायी नै सजायको भागिदार हुने हुँदा होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न पनि  भनिएको छ  । अहिले धेरै व्यक्ति होटलमा आउने र यस्तो गतिविधिमा सम्लग्न हुने क्रम बढेकाले अभिलेख राखेमा अनुसन्धानमा सहज हुने उहाँको भनाइ थियो । “होटलमा आउने हरेक व्यक्तिको अभिलेख राख्न म होटल व्यवसायीलाई अनुरोध गर्छु”, प्रमुख अर्यालले भन्नुभयो, “नामसँगै उनीहरुको मोबाइल नम्बर यकिन  गरेरमात्रै बस्न दिनुहोला ।” सकेसम्म होटलको अगाडि सिसी क्यामेरा जडान गर्न पनि अनुरोध गरिएको छ ।

चोरको पनि उत्तिकै बिगबिगी

तुलसीपुरमा पछिल्लो समय चोरीका घटना पनि उत्तिकै बढिरहेको प्रमुख अर्यालले बताउनुभयो । दुव्र्यसनीले व्याप्त रुप लिएको र लागू पदार्थ महङ्गो पनि हुने भएकाले चोरी गर्नेहरु बढेको र यसक्रममा  अहिले चार जनाविरुद्ध मुद्दा चलिरहेको छ ।घरमा कोही नभएको अवस्थामा चोरीका घटना बढिरहेकाले सजग हुनुपर्ने र बहुमूल्य वस्तुलाई सकेसम्म घरमा नराख्ने गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते