भदौ ८, सुरुङ्गा (झापा)। धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ८, सुरुङ्गा (झापा)। धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहर"/>
२०८२, १ चैत्र आईतवार
झापा - JP

अमेरिकी नागरिक झापामा पक्राउ

२०७३, ८ भाद्र बुधबार ०४:००

भदौ ८, सुरुङ्गा (झापा)। धर्म परिवर्तन गराउन खोजेको आरोपमा एक अमेरिकी नागरिकलाई प्रहरीले मंगलबार झापाबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा अमेरिकाको फ्लोरिडा निवासी ७० वर्षीय फोमेस डोलान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

प्रवेषाज्ञा बिना भारतीय बाटो हुँदै नेपाल आइपुगेका उनलाई दक्षिणी झापाको बनियानीबाट प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेका उनले स्थानीयवासीको उपचार गराउने नाममा धर्म परिवर्तन गराउन खोजेको आरोप छ । आफू चिकित्सक भएको बताउँदै उपचार गराउन आउनेले येशुलाई सम्झँदै सिन्दुर पखाल्नु पर्ने र पोते पनि फुकाल्नु पर्ने सर्त राखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । 

प्रहरीले उनलाई बनियानी–४ स्थित होस्मा एकेडेमी क्रिस्चियन चर्चबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माका अनसार ग्रामीण भेगका नागरिकलाई म डाक्टर हुँ भन्दै अनाथ तथा टुहुरा बालबच्चाको हेरचाहको लागि आफू आएको र गाउँलेलाई धर्म परिवर्तनका लागि दबाब दिएपछि उनलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका डोलानले आफू दोस्रोपटक नेपाल आएको प्रहरीलाई बयान दिएको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार