गौरव पोखरेल | भदौ ९, झापा । कनकाई उद्योग वाणिज्य संघ, झापाको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | भदौ ९, झापा । कनकाई उद्योग वाणिज्य संघ, झापाको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सम"/>
२८ पुष २०८२, सोमबार
झापा - JP

कनकाई ‘उवासंघ’को आधिकारिक धारणा सार्वजनिक, आरोप पुष्टि गर्न चुनौति

९ भाद्र २०७३, बिहीबार ०३:२०

गौरव पोखरेल | भदौ ९, झापा । कनकाई उद्योग वाणिज्य संघ, झापाको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि समितिले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । 

मंगलबार कनकाई अतिथि सदनमा पत्रकार भेटघाटको आयोजना गरी कार्यसमितिले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

नयाँ कार्यसमिति चयन गर्न मतदान भएको २२ दिनपछि पराजित उमेदवारहरुको एक समूहले उजुरी दर्ता गर्नुलाई समितिले ‘हास्यास्पद’ को सङ्ज्ञा दिएको छ । 

संघका अध्यक्ष युवराज संग्रौलाले कार्यक्रममा बोल्दै लोकतन्त्रको विश्वव्यापी मान्यता अनुसार भएको निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गर्न विपक्षी समूहलाई आग्रह गरे । 

‘पराजित हुनको पीडा सहन नसकी विभिन्न बहाना बनाएर आम व्यवसायीको एकतामा खलल पुर्याउने काम भयो’, उनले भने, ‘निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सफल निर्वाचन समिति माथि पनि लाञ्छना लगाउने प्रयास गर्नु दुखद् कुरा हो ।’

निर्वाचनमा झिनो मत अन्तरले पराजित लीलाप्रसाद चिमरिया सहितको उजुरीकर्ता समूहले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यहरुलाई खण्डन गर्दै समितिले बुँदागत रुपमा भनेको छ, ‘मतदाताको सङ्ख्याको विषयमा त्रुटिवस दुई वटा नामावलीको ठाउँ खाली रहन गएको हो । जुन निर्वाचनका लागि खासै महत्वपूर्ण छैन ।’ 

साथै, कनकाई उद्योग वाणिज्य संघमा दर्ता रहेर आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएका व्यवसायीहरुले विगत २/३ कार्यकालबाटै निरन्तर मतदान प्रक्रियामा भाग लिइरहेको भन्दै स्थायी लेखा नम्बर बन्द गराइएको भए संघलाई आधिकारिक जानकारी नआएको बताइयो । 

त्यस्तै, ६ जना व्यवसायीहरुलाई दुई थान परिचय पत्र दिइएको विषयमा डिजिटल प्रविधिबाट पत्र बनाउने क्रममा त्रुटि भएको जनाइयो । त्रुटी भएको थाहा हुने वित्तिकै सच्चाएर निजलाई दिइएको भए पनि त्रुटी भएको परिचय पत्र कार्यालयमा फिर्ता नआएको बताइएको छ । 

यसैबीच, संघका नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेलले साथीहरुले बाटो विराएको भएको भन्दै मिलेरसँगै काम गर्न आग्रह गरेका छन् । 

उनले सभ्य सुरुङ्गा निर्माण गर्न हातेमालो गर्न आग्रह गरे । नवनिर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रम यही १३ गते हुँदैछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…