गौरव पोखरेल | भदौ ९, झापा । कनकाई उद्योग वाणिज्य संघ, झापाको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गौरव पोखरेल | भदौ ९, झापा । कनकाई उद्योग वाणिज्य संघ, झापाको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि सम"/>
२०८२, २२ चैत्र आईतवार
झापा - JP

कनकाई ‘उवासंघ’को आधिकारिक धारणा सार्वजनिक, आरोप पुष्टि गर्न चुनौति

२०७३, ९ भाद्र बिहीबार ०३:२०

गौरव पोखरेल | भदौ ९, झापा । कनकाई उद्योग वाणिज्य संघ, झापाको नवनिर्वाचित कार्यसमितिविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि समितिले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ । 

मंगलबार कनकाई अतिथि सदनमा पत्रकार भेटघाटको आयोजना गरी कार्यसमितिले आफ्नो धारणा सार्वजनिक गरेको हो । 

नयाँ कार्यसमिति चयन गर्न मतदान भएको २२ दिनपछि पराजित उमेदवारहरुको एक समूहले उजुरी दर्ता गर्नुलाई समितिले ‘हास्यास्पद’ को सङ्ज्ञा दिएको छ । 

संघका अध्यक्ष युवराज संग्रौलाले कार्यक्रममा बोल्दै लोकतन्त्रको विश्वव्यापी मान्यता अनुसार भएको निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गर्न विपक्षी समूहलाई आग्रह गरे । 

‘पराजित हुनको पीडा सहन नसकी विभिन्न बहाना बनाएर आम व्यवसायीको एकतामा खलल पुर्याउने काम भयो’, उनले भने, ‘निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सफल निर्वाचन समिति माथि पनि लाञ्छना लगाउने प्रयास गर्नु दुखद् कुरा हो ।’

निर्वाचनमा झिनो मत अन्तरले पराजित लीलाप्रसाद चिमरिया सहितको उजुरीकर्ता समूहले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यहरुलाई खण्डन गर्दै समितिले बुँदागत रुपमा भनेको छ, ‘मतदाताको सङ्ख्याको विषयमा त्रुटिवस दुई वटा नामावलीको ठाउँ खाली रहन गएको हो । जुन निर्वाचनका लागि खासै महत्वपूर्ण छैन ।’ 

साथै, कनकाई उद्योग वाणिज्य संघमा दर्ता रहेर आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर लिएका व्यवसायीहरुले विगत २/३ कार्यकालबाटै निरन्तर मतदान प्रक्रियामा भाग लिइरहेको भन्दै स्थायी लेखा नम्बर बन्द गराइएको भए संघलाई आधिकारिक जानकारी नआएको बताइयो । 

त्यस्तै, ६ जना व्यवसायीहरुलाई दुई थान परिचय पत्र दिइएको विषयमा डिजिटल प्रविधिबाट पत्र बनाउने क्रममा त्रुटि भएको जनाइयो । त्रुटी भएको थाहा हुने वित्तिकै सच्चाएर निजलाई दिइएको भए पनि त्रुटी भएको परिचय पत्र कार्यालयमा फिर्ता नआएको बताइएको छ । 

यसैबीच, संघका नवनिर्वाचित अध्यक्ष कुमारमणि पोखरेलले साथीहरुले बाटो विराएको भएको भन्दै मिलेरसँगै काम गर्न आग्रह गरेका छन् । 

उनले सभ्य सुरुङ्गा निर्माण गर्न हातेमालो गर्न आग्रह गरे । नवनिर्वाचित समितिको पद हस्तान्तरण कार्यक्रम यही १३ गते हुँदैछ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते