६ मंसिर २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्याङ्जामा जीप दुर्घटनामा परि दुईको मृत्यु

२२ माघ २०७८, शनिबार ११:०८

माघ २२, स्यांग्जा । आज बिहान स्याङ्जामा भएको जीप दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान ८ः३० बजे बिरुवा गाउँपालिका–३ धोबादीमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । बिहान बिरुवाबाट खालीतर्फ जाँदै गरेको ग१ज ५९३९ नंको जीप धोबादीस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा बिरुवा–३ खालीका २६ वर्षीय बेलबहादुर थापा (चालक) र सोही ठाउँ बस्ने ३२ वर्षीय भेषबहादुर थापाको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

जीप सडकबाट झन्डै ५०० मिटर तल खसेको छ । घटनास्थलबाट प्रहरीले शव सङ्कलन गरी शवपरीक्षणका लागि जिल्ला अस्पताल स्याङ्जा पठाएको प्रहरी प्रवक्ता अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्च अदालतको निर्णय: पूर्वमुख्यमन्त्री केदार कार्कीले संसदीय मान्यता उल्लङ्घन गरे विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन उदयमान खेलाडी कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने ग्रेटर नेपाल अभियानका फणिन्द्र नेपाल प्रहरी नियन्त्रणमा विदेशमा पनि उत्कृष्ट कमाई गर्दै फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ महोत्तरीमा मन्दिरको शिवलिङ्ग भत्काएपछि स्थानीय आन्दोलित कोरिया जानबाट रोकिए ईपीएस अन्तर्गत छनोट भएका १४ सय श्रमिक आफूलाई बोक्सी लगाएर बिरामी बनाएको भन्दै हँसिया प्रहार गरी ५६ वर्षीय कर्णबहादुरको हत्या हवाइ इन्धन डिपोको ‘मिसन ०८४’: गुहेश्वरीमा अत्याधुनिक डिपो बनाउने खोला तथा सडक मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन, बालेनलाई निषेध गर्ने तयारी मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै : गृहमन्त्री लेखक धनुषामा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु भारतीय अर्बपति गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप सुनको भाउ निरन्तर बढेको बढ्यै, आज तोलाको कति पुग्यो ? कास्की र मनाङको सिमानमा भूकम्पको धक्का बीपी राजमार्ग दैनिक ७ घण्टा बन्द हुने मन्त्रिपरिषद् बैठक आज बस्दै टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा उपनिर्वाचन : ३१ जनाको उम्मेदवारी फिर्ता, ३७६ उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान जनताको सेवा प्रवाह प्रभावकारी बनाउन संघीयताको सबलीकरण आवश्यक : प्रचण्ड