भदौ ११, दमक । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, दमक । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएक"/>
२९ पुष २०८२, मंगलवार
झापा - JP

आफ्नो श्रीमानसँग हिडेको निहुमा श्रीमतीद्वारा छुरा प्रहार गरि युवतीको हत्या, श्रीमान गम्भीर घाइते

११ भाद्र २०७३, शनिबार ०४:१९

भदौ ११, दमक । छुरा प्रहारबाट झापाको तोपगाछीस्थित केर्खामा आज बिहान तोपगाछी– ७ केर्खा बस्ने सुनिता राईको मृत्यु भएको छ । 

आफ्नो श्रीमान् सँगसँगै हिँडेको भन्दै श्रीमान् धनबहादुर लिम्बूसहित ती युवतीमाथि २४ वर्षीया रीता लिम्बूले गए राति अन्धाधुन्ध छुरा प्रहार गरेकी थिइन् । छुरा प्रहारबाट गम्भीर घाइते राईको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । 

छुरा प्रहारबाट घाइते भएका उनका श्रीमान् धनबहादुरलाई भने लाइफलाइन अस्पतालमा उपचार हुन नसकेपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ । अभियुक्त रीतालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…