२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा सात महिनामा ३० जना बेपत्ता

२०७८, ४ फाल्गुन बुधबार ०५:२०

फागुन ४, चितवन । जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् । 

प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन् । सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक ज्येष्ठ नागरिक छन् । गत आर्थिक वर्षमा १३ महिला, २७ पुरुष, दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए । फेला नपर्नेहरू साथीको घर जान्छु भनेर, स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएका बढी मात्रामा रहेको उहाँले जानकारी दिनुभयो । चालु आवको माघसम्ममा १०६ महिला, ८३ पुरुष, १६ बालक, ४८ बालिका र १७ ज्येष्ठ नागरिक हराएका थिए । उनीहरुमध्ये ९३ महिला, ७१ पुरुष, १५ बालक, ४५ बालिका र १६ ज्येष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन् । परिवारको सम्पर्कमा नआएकाको खोजी भइरहेको नरालले बताउनुभयो ।  

कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन् । चालु आवको सात महिनामा २६१ घरेलु हिंसाका घटना भएका छन् । खान लाउन नदिएको ६८, कुटपिटका १२६ र गाली बेइज्जतीका ६७ वटा छन् । नरालका अनुसार गत आवमा घरेलु हिंसाका घटना १५४ दर्ता भएका थिए ।

आव २०७६/७७ मा ८४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको उहाँले जानकारी दिनुभयो । हरेक वर्ष जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ । कार्यालयको तथ्याङ्कानुसार यस आवमा परेका निवेदनमध्ये १८१ वटा मिलापत्र भएको छ भने ५४ वटा निवेदन अदालतमा दर्ता भएको र २४ वटा निवेदन छलफलका क्रममा  छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने